सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गौरवशाली इतिहाँसको साँक्षीः मगर जाती

मगर जाती नेपालको एउटा प्रमुख राष्ट्रिय जाती हो ! हामी मगरहरु नेपालको पुर्वी भेग देखी पश्चिमसम्म र उत्तरी भेग देखी दक्षिणी भेगसम्म छरिएर बस्दै आएका छौँ । आदिवासी जनजातिको हकमा हामी प्रथम श्रेणिमा पर्ने समुदाय हौँ ।

वि.स. २०५८ सालको जनगणना अनुसार १६ लाख २२ हजार ४ सय २१ कुल जनसंख्या भएको मगर जाती नेपालको कुनाकुनामा बस्दै आएका छन । मगर जातिको भाषा, संस्कृतिको रक्षा र अधिकारका लागी हरेक क्षेत्रमा संगठन निर्माण र विस्तार गर्दै जानु नयाँ पुस्ता प्रतिको हाम्रो ईमान्दारीता हो ।

अहिलेको पछिल्लो समयमा हामी मगर जाती तुलनात्मक रुपमा संगठित हुँदै सक्षम हुँदै आफ्नो हक र हितको लागी अग्रसर हुँदै आएका छौँ । ईमान्दारीता र सहनशिलता जस्ता हाम्रा जातिय स्वभावलाई कायम राख्दै भावि सन्ततिलाई हाम्रो जातिय संस्कार हस्तान्तरण गर्नु हाम्रो दायीत्व हो ।

एकतन्त्रिय शासन व्यवस्था र बाहुनबादी सत्ताले मगर समुदायलाई थिचोमिचो गरेपनि अब त्यो अवस्था रहेन । उसो त शासन व्यवस्था मात्रै मगर समुदाय पछाडी पर्नु मूल कारण पक्कै होईन र थिएन होला । स्वयं मगर समुदायका पनि कमजोर पक्ष थिए होला । खैर, त्यो पाटोतिर नजाउँ ।

अब पनि मगर जातिको सहनशिलता र ईमान्दारीताको फाईदा उठाउँदै कसैले ज्यादती र बिभेद गर्न खोज्छ भने त्यो हाम्रो लागी सह्य हुने बिषय होईन र सम्भवत अब त्यो हुनेछैन । किन कि, अब हामी जागरुक भएका छौँ । हामीसँग ज्ञान छ, हामीसँग चेतना छ । हामी जस्तोसुकै दमन र बिभेद सामना गर्न सक्षम छौँ र तयार छौँ । रहनुपर्छ पनि ।

हिँजोको जस्तो सामन्ती र बिभेदमुलक समाज अब सम्भव छैन र त्यो जो कसैलाई पनि मान्य हुनेछैन । हामी अब समतामुलक समाजको पक्षमा छौँ । अब हामी मगर समुदाय पनि सबै एक जुट भएर हातमा हात र काँधमा काँध मिलाएर आफ्नो अधिकारको लागी लड्न सक्षम छौँ र आवश्यक छ ।

सामाजीक विकृति र विसंगतिलाई हटाउँदै आफ्नो हक अधिकारको लागी अगाडी नबढे सम्म हामी सँधै पछाडी हुनेछौँ । नेपाल एकीकरण होस या अरु ठुलाठुला लडाईँ होस्, अग्र मोर्चामा रहेर मातृभुमीको रक्षार्थ बलिदानी दिएको इतिहाँस साँक्षि छ ।

मगर जातिको गौरवशाली ईतिहाँसलाई राज्यले पनि सम्झनु आवश्यक छ । हामी पनि त्यो इतिहाँसलाई गर्व गर्दै नयाँ इतिहाँस निर्माणको दिशामा अगाडी बढ्नु आबश्यक छ । यो देश बनाउन अनि आम मगर समुदायको रक्षार्थ । भोलीको सुन्दर बिहानीको आशामा ।

(ब्लगमा व्यक्त विचार लेखकका निजी विचार हुन । लेखक मगर संघ जापान क्षेत्रिय समिति तोचिगीका उपाध्यक्ष हुन ।)

फेसबुकबाट कमेन्ट गर्नुहोस्