सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रत्यक्षतर्फ कहाँ–कहाँ जित्यो कांग्रेसले ? सुचीसहित

प्रतिनिधिसभाका प्रत्यक्षतर्फ १६५ ओटै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भईसकेको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार एमालेले सबैभन्दा बढी ८० स्थानमा जित हाँसिल गरेको छ ।

त्यसपछी दोस्रो स्थानमा माओवादी केन्द्रले ३६ स्थानमा जित हात पारेको छ भने तेस्रो स्थानमा कांग्रेसले २३ स्थानमा जितेको छ । तराईमा झरेपछी मधेशवादी दल राजपाले ११ स्थानमा जितेको छ भने संघीय समाजवादी फोरमले १० स्थानमा जित हात पारेको छ ।

यस्तै राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति र स्वतन्त्र एक–एक स्थानमा विजयी भएका छन् ।

प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले जितेका स्थानहरुको सुची

  1. उदयपुर क्षेत्र नं. १, नारायण खड्का (३३१४२)
  2. नवलपरासी क्षेत्र नं. २, देवेन्द्र राज कडेल (३४१३०)
  3. बारा १ उमाकान्त चौधरी (२४४५०)
  4. सुनसरी क्षेत्र नं. ४, ज्ञानेन्द्रबहादुर कार्की (३२३४७)
  5. सुनसरी क्षेत्र नं. ३, विजयकुमार गच्छेदार (३८९७२)
  6. रुपेन्देही क्षेत्र नं. ४, प्रमोद कुमार यादव (३१७१८)
  7. नवलपरासी(पूर्व) १, शशांक कोइराला (३७३७३)
  8. सप्तरी क्षेत्र नं. ४, तेजुलाल चौधरी (२४११३)
  9. काठमाडौं क्षेत्र नं. १, प्रकाशमान सिंह (१०९३६)
  10. काठमाडौं क्षेत्र नं. १०, राजेन्द्रकुमार के.सी. (१९६४५)
  11. काठमाडौं क्षेत्र नं. ४,गगनकुमार थापा (२१५५८)
  12. काठमाडौं क्षेत्र नं. ६, भिमसेन दास प्रधान (१६७८५)
  13. रसुवा क्षेत्र नं. १, मोहन आचार्य (१४४५३)
  14. मोरङ क्षेत्र नं. २, मिनेन्द्रप्रसाद रिजाल (२८७६८)
  15. कपिलवस्तु क्षेत्र नं. ३, अभिषेकप्रताप शाह (१९८६६)
  16. रुपन्देही क्षेत्र नं. ५, भरतकुमार शाह (३३०८८)
  17. डडेल्धुरा क्षेत्र नं. १, शेरबहादुर देउवा (२८०४४)
  18. रौतहट क्षेत्र नं. २, मोहम्मद आफताब आलम (१८८३३)
  19. रौतहट क्षेत्र नं. ४, देवप्रसाद तिमिल्सिना (२८२२८)
  20. सुनसरी क्षेत्र नं. २, सिताराम मेहता (४१४९५)
  21. नवलपरासी पश्चिम क्षेत्र नं. २, देवेन्द्रराज कँडेल (३४१३०)
  22. सिरहा क्षेत्र नं. १, प्रदिप गिरि (२३९५१)
  23. सर्लाही क्षेत्र नं. ४, अमरेशकुमार सिंह (२९६७५)

फेसबुकबाट कमेन्ट गर्नुहोस्