सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

यी काली युवती किन भईन रातारात भाईरल ?

सामाजिक संजालमा तपाइँले अधिकांश राम्रा र सुन्दर तस्बीर देख्नु भएको होला । तर, पछिल्लो समयमा सामाजिक संजालमा एक युवतीको फोटो निकै भाइरल भएको छ । सुडानकी यी युवतीले आफू यतिधेरै चर्चित हुन्छु भन्ने सोचेकी समेत थिइनन् ।

१९ वर्षीया यी युवतीका पछाडि धेरै मोडलिङ एजेन्सी लागि परेका छन् । यी मोडलिङ एजेन्सी यी युवतीलाई साइन गर्न चाहन्छन् । यो सबै दुई वटा फोटो इंस्टाग्राममा राखेका कारण भएको हो ।

१९ वर्षीया अनोक याई नाम गरेकी यी युवती १९ वर्षकी भइन् । उनले इंस्टाग्राममा राखेका दुई वटा फोटो उनले अमेरिकाको वाशिंटनस्थित हावर्ड विश्वविद्यालयको होमकमिङ फेस्टिवलमा खिचाएकी थिइन् ।

त्यहाँ केही फोटोग्राफरले अनोक वाईलाई देखेर केही फोटो खिचेका थिए । पछि ती फोटोग्राफरले अनोकका फोटो सामाजिक संजालमा अपलोड गरे । त्यसपछि उनी रातारात हिट भइन् । उनको फोटो एकै दिनमा ११ हजार मानिसले मन पराएका थिए ।

अनोक भन्छिन, ‘म त्यो महोत्वसबाट फर्किएर आउँदा मेरो फोटो भाइरल भइसकेको थियो । मेरा जुन फोटो भाइरल भएका छन, ती खासै राम्रा छैनन् ।’ उनका अनुसार गत महिना मोडलिङ एजेन्सी नेकस्ट मोलडले उनलाई अनुबन्धित गरेको छ । सामाजिक संजाल एक यस्तो प्लेटफर्म हो जसको यदि कोही भाइरल भयो भने उ रातारात सुपरस्टार बन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्