सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा किन सम्झिन हितैको मायाँलाई कृष्णाले

करिब दुई दशकदेखी लोकदोहोरी क्षेत्रमा भविष्य बनाईरहेकी लोकदोहोरी गायिका कृष्णा गुरुङ्ग पछिल्लो समय चल्तिकी गायिका हुन । चल्तिकी गायिका यस अर्थमा कि, उनले निकालेका कुनै पनि गित नचलेको भन्ने छैन । गायिका गुरुङ्गका गित प्राय; स्रोता तथा दर्शकले मन पराएकै छन ।

‘बस्न पाईन तिम्रो बनेर’ एकल सोलो लोक गित देखी लिएर दामी देखिन्छ, निधारैमा लेखेसी, एकादशी बजारमा, तिमि र म मिले प्यार हुन्छ लगायतका सबै गित श्रोता तथा दर्शकको मन जित्न सफल छन ।

यीनै उदाउँदी गायीका कृष्णा गुरुङ्ग पुसको चिसोमा जापानका बिभिन्न कार्यक्रममा सहभागी भईन । जापानको ओशाका र नागोयामा भएका छुट्टाछुट्टै कार्यक्रमहरुमा गायिका गुरुङ्गले आफ्ना प्रंसशकलाई भरपुर मनोरञ्जन प्रदान गरिन । उनलाई एनआरएनए ओशाकाले जापान ल्याएको थियो ।

ओशाकाको कार्यक्रम पछी उनी नागोयामा परदेशी क्रस कल्चर एशोसिएसन, शुभकामना नेपाल जापान फाउण्डेसन लगायतका संघ संस्थाले आयोजना गरेका सांगितिक कार्यक्रममा सहभागी भईन । गायिका गुरुङ्गले कार्यक्रममा सहभागी दर्शकलाई मजैसँग नचाईन । माथी प्रस्तुत भिडियो नागोयामा भएको कार्यक्रममा गायिका कृष्णा गुरुङ्गको प्रस्तुतीको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्