सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चिरन पाठक जनसम्पर्क समिति जापानको प्रवक्ता

नेपाली कांग्रेस निकट प्रवासी भातृ संस्था नेपाली जनसम्पर्क समिति जापानको प्रवक्तामा चिरन पाठक चयन भएका छन । शनिबार बसेको जनसम्पर्क समिति जापानको बैठकले सर्वसम्मत रुपमा पाठकलाई प्रवक्तामा चयन गरेको हो ।

सभापति १–१ कार्यकाल पालो गर्ने सहमति अनुसार गत डिसेम्बर १७ बाट डिपी कडेलले रोशन केसी लाई नेत्रृत्व हस्तान्तरण गरेका थिए । केन्द्रीय कार्यसमितिको पाँचौ बैठकबाट सभापतिको प्रस्ताबमा पाठक प्रवक्ता चयन भएका हुन ।

प्रवक्तामा चयन भएका पाठक हाल केन्द्रीय सदस्य रहेका छन । प्रवक्तामा नियुक्त पाठक लामो समय देखी नेपाली कांग्रेसको राजनितिमा सक्रिय छन । प्रवक्तामा नियुक्त भएपछी उनले जनसम्पर्क समितिलाई पारदर्शी र जनउत्तरदायी बनाउन आफु सक्रिय हुने बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्