सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानबासी श्रीमानसँग नायिका तेजुलाको डिभोर्स

बिबाह बन्धनमा बाँधिएको बर्ष दिन पुग्दा नपुग्दै नायिका तेजुला खतिवडाले श्रीमान सुमनराज बस्नेतसँग सम्बन्ध विच्छेद गरेकी छिन् । उनीहरुले ०७३ सालको फागुन ७ गते विवाह गरेका थिए ।

तेजुला र सुमनराजले जिल्ला अदालत काठमाडौंबाट शुक्रबार आधिकारीक रुपमा सम्बन्ध विछेद गरेका हुन । जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधीस अमृतबहादुर बस्नेतले उनीहरुको सम्बन्ध विच्छेदको निर्णय सुनाएका थिए ।

चलचित्र मात्र नभएर मोडलिङमा समेत आफ्नो पहिचान बनाएकी तेजुलाले के कारणले सम्बन्ध विच्छेद भयो भन्ने बारेमा भने खुलाएकी छैनन । पेशाले कानुन व्यवसायी जापानमा बस्दै आएका सुमनराजसँग तेजुलाले एक वर्षअघि लगनगाँठो कसेकी थिइन् ।

उनीहरुको एक वर्ष पनि नबित्दै सम्बन्ध विछेद भएको छ । नायिका खतिवडाले ‘द मोष्ट वान्टेड, जष्ट फर यु’ लगायतका आधा दर्जन चलचित्र र दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

नेपाली कलाकारको डिभोर्सको सुचीमा तेजुलाको डिभोर्स नयाँ भने होइन । यसअघि रिमा र रोर्बट, रेखा थापा र छविराज ओझा, सञ्चिता लुइटेल र आकाश शाह, सुस्मिता केसी बमजन र भुवन केसी, प्रियंका कार्की र रोचक मैनाली, मनिषा कोइराला र सम्राट दहाल, प्रसन्न पौडेल र सिम्पल खनाल, मौसमी मल्ल र धन बिक्रम मल्ल, गौरी मल्ल, अन्जु पन्त र मनोज राज लगायतका वैवाहिक सम्बन्ध सफल हुन नसकेर सम्बन्ध विच्छेद भएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्