सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एमालेबाट समानुपातिक सांसद बन्नेहरुको नामावली

पार्टीले प्राप्त गरेको सिट संख्या अनुसार नेकपा एमालेले समावेशी समूह मिलाएर समानुपातिक सांसदको नामावली निर्वाचन आयोग समक्ष पठाइएको छ । एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचित हुने ४१ सांसद छनौट गरी आयोग समक्ष पठाएको हो ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आईतबार बसेको स्थायी कमिटी बैठकले तय गरेको ४१ जनामा मुकुन्द न्यौपाने एक नम्बरमा छन् । अन्तिम ४१ औं नम्बरमा समिना हुसेनको नाम रहेको छ । समानुपातिक सांसदको ४१ जनाको सुचीमा ३७ जना महिला र ४ जना पुरुष परेका छन् ।

समानुपातिकमा एमालेबाट यसअघि थरुहट पार्टीबाट सभासद बनेकी गंगा चौधरी सतगौंवा पनि परेकी छन् । त्यस्तै अनेरास्ववियुकी पूर्वअध्यक्ष रामकुमारी झाँक्री, वर्तमान अध्यक्ष नविना लामा पनि समानुपातिक सांसदको सुचीमा परेका छन ।

एमालेबाट समानुपातीक सांसद बन्नेहरुको नामावली

फेसबुकबाट कमेन्ट गर्नुहोस्