सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एमाले अध्यक्ष केपी ओली दोस्रो पटक प्रधानमन्त्री

शेरबहादुर देउवाको राजीनामासँगै प्रधानमन्त्रीमा नियुक्त नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिउँसो ४ बजे सपथ लिँदैछन । प्रधानमन्त्री ओलीको सपथका लागी राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ ग्रहण समारोहको आयोजना गरिएको छ ।

सपथ ग्रहण लिएसँगै नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पदिय कार्यभार ग्रहण गर्नेछन । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा बुझाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्दै राष्ट्रपति भण्डारीले नयाँ सरकारले स्थीरता र विकासका लागि काम गर्ने विश्वास व्यक्त गरेकी छन ।

ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए । निर्वाचन आयोगले बुधबार मात्र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परीणाम बुझाएपछी सरकार गठनको बाटो खुलेको थियो ।

प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्ने हुन्छ । प्रतिनिधिसभामा २७५ सदस्यमध्ये एमालेका १२१ र माओवादीका ५३ गरी १६४ सासद छन, जबकी बहुमतका लागि १३८ सांसद भए पुग्छ । योसँगै ओली दोस्रो पटक प्रधानमन्त्री बनेका छन् । यसअघि उनी २०७२ असोजमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्