सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

फुकुओका सिटीबाट पैसा पठाउँदा नेपाल जानेआउने टिकट

जापानबाट नेपाल पैसा पठाउन नम्बर १ रेमिट कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफरले फुकुओकालाई लक्षित गरी बिशेष योजना सार्वजनिक गरेको छ । जापानमा आक्रामक व्यापार निति अवलम्वन गर्दै आएको सिटीले फुकुओकाको बजारलाई पकडमा लिन बिशेष योजना सार्बजनिक गरेको हो ।

फुकुओका शाखाका प्रतिनिधि सिर्जन श्रेष्ठका अनुसार फुकुओका बिशेष योजना अप्रिल १ बाट सुरु भएर मे महिनाको ३१ तारिखसम्म जारी हुनेछ । बिशेष योजना अन्र्तगत मे ३१ सम्म जापानबाट नेपाल पैसा  पठाउने ग्राहकहरुमध्येबाट लक्की ड्रमार्फत एक जना भाग्यशाली ग्राहकलाई नेपाल जान आउन टिकट उपहार प्रदान गरिने फुकुओका प्रतिनिधि सिर्जन श्रेष्ठले बताएका छन ।

नेपाल जाने आउने टिकट सिटी टुर्स एण्ड ट्राभलमार्फत प्रदान गरिनेछ । जहाँ नेपाली त्यहाँ सिटी एक्सप्रेस भन्ने नारा बोकेको सिटी एक्सप्रेसले मे महिनाभरी फुकुओकाबाट पैसा पठाउने ग्राहकलाई हप्तैपिच्छे अन्य बिभिन्न उपहार पनि प्रदान गरिने व्यवस्थापन पक्षले जनाएको छ ।

फुकुओका बिशेष योजना सिटी एक्सप्रेस मनी ट्रान्सफरका ब्रान्ड एम्बेसडर सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले सिटी एक्सप्रेसको फेसबुक पेजमार्फत घोषणा गरेका हुन । फुकुओका बिशेष योजनामा फुकुओका शाखाबाट वितरण गरिएको कार्ड र काउन्टरबाट पैसा पठाउने ग्राहक मात्रै सहभागी हुन सक्नेछन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्