सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अब डेढ दुई बर्षमा अर्चना पनेरुको पोर्न फिल्म आउने

जसरी होस अर्चना पनेरुलाई चर्चा चाहिएको छ । चर्चामा आउनका लागि उनी जति तल गिर्न पनि तयार छिन् । केही दिनअघि अर्चनाले एक अमेरिकी नागरिकसँग बिहे गरेको भनेर धुमधडाका गरिन् । तर अहिले त्यो बिहे नाटक मात्रै भएको आफैले स्पश्ट पारेकी छिन ।

उनले फेसबुकमा जोडीको फोटो हाल्दै आफुले खोजेजस्तो केटा पाएको बताएकी थिइन् । त्यो फोटोमा उनकी आमा सुनिता पनेरुले समेत ‘पर्फेक्ट कपल’ भन्दै आशिर्वाद दिएकी थिइन् । तर यो सबै आमाछोरीको फन्डा मात्र रहेछ ।

अर्चना चैत २३ गते शुक्रबार करिब २ मिनेट फेसबुक लाइभमा आइन् । उनलाई धेरैले विवाहको विषयमा प्रश्न सोधेका थिए । ती प्रश्नहरुको जवाफमा पनेरुले भनेकी छिन–‘बिहे गरेको भनेर ढाँटेकी हुँ । म अहिलेसम्म सिंगल नै छु ।’

उनले फेसबुकमा हालेको फोटो भ्यालेन्टाइन डेका अवसरमा गरेको फोटोसुटको भएको बताएकी छिन् । आफ्ना ‘फ्यान’हरुको मन जाँच्नका लागि बिहेको नाटक गरेको अर्चनाको भनाइ छ ।

त्यसो त अर्चनाले श्रीमान दावी गरेका अमेरिकी नागरिक उल्फ प्राइसको फेसबुक भने पहिलेदेखि सुनसान थियो । उनको फेसबुकमा अर्चनाको एउटा पनि फोटो हालेका थिएनन् । हालै आएर उनले मुख खोलेका छन् ।

उनले फेसबुकमा अर्चनाको फोटो सेयर गर्दै लेखेका छन, ‘मलाई दिनदिनै विवाहका बारेमा प्रश्नहरु आइरहेका छन् । हो म अर्चना पनेरुसित एउटा अनौठो अप्रिल फुल प्राङ्कमा संलग्न भएँ । यसलाई धेरै गम्भीरतापुर्वक नलिइदिनु होला ।’

अर्चना पनेरुलाई अँझै पोर्न फिल्मको धङधङीले भने छोडेको रहेनछ । फेसबुक लाइभमा धेरैले उनको पोर्न फिल्म कहिले आउँछ भनेर सोधेका थिए । एकजनाले लेखेका थिए, ‘तिम्रो पोर्न फिल्म पर्खिँदा पर्खिँदा बुढो हुन लागेँ । हेर्न नपाई मर्छु कि क्या हो ?’

अर्चनाले यसका लागि अलिकति समय लाग्ने बताएकी छिन । उनको जवाफ थियो, ‘मेरो एडल्ट फिल्म स्योर आउँछ । अब डेढ, दुई वर्ष पर्खिनुस न । म तयारी गर्दैछु ।’ तिमी चुरोट खान्छ्यौ कि खाँदीनौ भनेर एक जनाले सोधेको प्रश्नमा अर्चनाले चुरोटको बट्टा नै देखाएर आफु चेन स्मोकर भएको बताएकी छिन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्