सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आमाले सम्झिन कि क्या हो घरको याद आयो…

परदेसी छोराले जन्म दिने आमा, जन्मभुमी र मायाँ गर्ने मायाँलुलाई सम्झिएर तड्पिएको कथामा आधारीत गित म्युजिक भिडियोसहित छिट्टै बजारमा आउने भएको छ । संगितकार तथा गायक चेतन सापकोटाको स्वर र संगित रहेको गितको म्युजिक भिडियोको छायांकनको काम अन्तिम चरणमा पुगेको छ ।

‘चौतारीको पिपल अनि वरको याद आयो, आमाले सम्झिन कि क्या हो घरको याद आयो’ बोल रहेको सो गितको छायांकन जापानको योकोहामा र टोक्यो आसपासका क्षेत्रहरुमा भएको छ । अहिले गितको बाँकी भिडियो नेपालका बिभिन्न गाउँपाखाहरुमा छायांकन गर्ने तयारी भईरहेको गितका मोडल राजु कँडेलले जानकारी दिएका छन ।

म्युजिक भिडियोमा बाग्लुङ्ग स्थाई घर भई हाल रोजगारीको सिलसिलामा जापानमा रहेका राजु कँडेलले अभिनय गरेका छन । म्युजिक भिडियो छायांकन लागी यतिबेला नेपालमा रहेका मोडल राजु कँडेलले आफुलाई गितका शब्दले आकर्षित गरेकाले म्युजिक भिडियोमा अभिनय गरेको बताएका छन ।

गायक तथा संगितकार चेतन सापकोटाको शब्द, संगित र श्वरमा मोडल राजु कँडेलले एक परदेसी छोराको भुमिका निर्वाह गरेका छन । केही दिनमा छायांकनको काम सकिने र लगत्तै म्युजिक भिडियो सार्बजनिक गर्ने निर्माण पक्षले जानकारी दिएको छ । गितमा गायक तथा संगितकार चेतन सापकोटा स्वयंको पनि अभिनय रहेको छ ।

म्युजिक भिडियोलाई वी स्टार नेपाल युट्युव च्यानलले बजारमा ल्याउने भएको छ । गितका शब्दहरु यथार्थपरक हुनुका साथै संगित पनि सुमधुर भएकाले गितलाई सबैले मन पराईदिनेमा आशावादी रहेको गितका सर्जक तथा संगितकार चेतन सापकोटाले बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्