सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मारेर फाल्ने योजनाबाट कुवेतमा बचिन नेपाली युवती

वैदेशिक रोजगारीका सिलसिलामा कुवेत पुगेकी एक नेपाली महिलामाथि ५ युवाको समूहले यौन दुब्र्यवहार गरेका छन् । गत शुक्रबार ओमानको मावेला भन्ने स्थानमा ती युवाको समूहले अमर्यादित कार्य गरेको कुवेतस्थित नेपाली दूताबासले जनाएको छ ।

दूताबासका अनुसार अमर्यादित गतिविधिपछि पोल खुल्ने डरले ती युवाहरुले मारेर फाल्ने योजना बनाइरहेको थाहा पाएपछि महिला बसिरहेकै कोठाको अट्याच वाथरुममा लुकी ज्यानको सुरक्षाका लागि मध्यरातमा कुबेती प्रहरीलाई खबर गरेकी थिइन् । सो लगत्तै पुगेको प्रहरी टोलीले उनलाई सकुशल उद्दार गर्न सफल भएको थियो ।

दूताबासका अनुसार बुटवलकी २९ वर्षीया ती महिला भारतको नयाँदिल्ली, युएई हुँदै २०७३ माघ ३ मा मस्कटमा घरेलु कामदारको रुपमा पुगेकी थिइन् । तर, स्पोन्सरले समयमा तलब नदिने, पेटभरी खान पनि नदिने, गाली गर्ने लगायत गर्न थालेपछि उनी स्वईच्छाले उक्त घर छाडी आजाद भन्ने एक बंगालीको विस्वासमा परेर अर्को कामको खोजीमा गत बैशाख १४ गते मावेला पुगेकी थिइन् ।

मावेलामा बंगालीले एक बन्दै गरेको घरको भूईतल्लामा रहेको कोठामा राखेको र त्यहीँ शुक्रबार साँझ ५ जनाको समूहले अमर्यादित गतिविधि गरेका हुन् । प्रहरीले यसबारे मस्कटस्थित नेपाली दूताबासलाई आइतबार जानकारी गराएपछि मात्रै घटना बाहिर आएको थियो ।

घटनाको जानकारी हुनासाथ दूताबासका द्धितिय सचिव रोजीना ताम्राकार र श्रम सहचारी कृष्णा कुमारी गौली पीडितको अवस्था बुझ्न कुबेती प्रहरी हेडक्वार्टर पुगेको बताइएको छ ।

कुबेती प्रहरीले अहिले पीडित महिलासहित ५ जनालाई नियन्त्रणमा लिएर कानूनी प्रक्रिया अगाडि बढाएको दूताबासले जनाएको छ । दूताबासले पीडितलाई न्याय दिलाई नेपाल फर्काउन सक्रियताका साथ काम गरिरहेको पनि जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्