सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

यौन सम्पर्कपछी प्रेमीलाई जलाउने रानी एनजिंगा

अफ्रिकी मुलुक अंगोलाकी रानी एनजिंगा एमबांदी बहादुर योद्धाका रुपमा चिनिएकी थिइन । उनी बहादुर मात्रै होइन एक तेज मस्तिष्क भएकी महिला पनि थिइन् । जसले १७ औँ शताब्दीमा अफ्रिकामा युरोपेली उपनिवेशविरुद्ध युद्ध लडेकी थिइन् ।

इतिहासमा एनजिंगा अफ्रिकामा रुचाइएका महिलाहरुमध्येकी एक हुन् । उनी साहाशी एवम् बहादुर थिइन तर उनलाई कैयाँैले क्रुर महिला भनेर पनि भन्ने गर्दछन् । किन की उनले सत्ताका लागि आफ्नै भाइलाईसम्म मारेकी थिइन् ।

त्यति मात्रै होइन, उनले पुरुषहरुसँग यौन सम्बन्ध राखेपछि उनीहरुलाई जिउँदै जलाईदिन्थिन् । आफ्ना बुवा राजा एमबांदी किलुंजीसँगै बाल्यकालदेखि नै आक्रमणकारीहरुसँग सर्षघ गर्न थालेकी एमबांदू समुदायकी नेता एनजिंगा दक्षिण पश्चिम अफ्रिकी देश एनदोंगो तथा मतांबाकी रानी समेत बनेकी थिइन् ।

सन् १६१७ मा राजा एमबांदीको मृत्युपछि उनका छोरा एनगोला एमबांदीले सत्ताको बागडोर सम्हाले । तर एनगोला एमबांदीलाई यो थाहा थिएन उनकी बहिनीले नै उनीविरुद्ध षड्यन्त्र गरिरहेकी छिन् ।

त्यसैले एनगोलाले एनजिंगाका छोरालाई मृत्युदण्ड दिने घोषणा गरे । तर नयाँ राजा नै युरोपेली आक्रमणको सामना गर्न असफल हुँदै गएको अवस्थामा एनगोला एमबांदीले आफ्ना नजिककाहरुको सल्लाह माने ।

राजा एनगोलाले आफ्नी बहिनीसँग सत्ता साझेदारी गरेर भए पनि पोर्चुगलविरुद्ध लड्न चाहेका थिए । बहिनी एनजिंगा पुर्तगाली भाषाको ज्ञाता तथा एक प्रतिभाशाली रणनीतिकार पनि थिइन् । एनजिंगा युरोपेलीहरुसँग कुराकानी गर्न लुआंडा पुगिन् ।

उनले त्यहाँ श्वेत, अश्वेतलगायत थुप्रै समुदायका मान्छे भेटिन् । त्यहाँ ठूला–ठूला जहाजमा अफ्रिकी नागरिकलाई दास बनाउनका लागि लगेको दृष्यले उनलाई झस्कायो ।

लामो वार्तापछि पोर्चुगलको सेना एनदोंगो छाड्न सहमत भयो । साथै अंगोलालाई एक सार्वभौम मुलुकका रुपमा स्वीकार्न पनि सहमत भयो । तर एनजिंगा यस क्षेत्रलाई व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न दिने कुरामा भने सहमत भइन् ।

पोर्चुगलसँग सम्बन्ध सुधारका लागि एनजिंगाले इसाई धर्म पनि स्वीकार गरिन् । त्यसपछि उनको नाम एना डेसूजा भयो । त्यसबेला उनको उमेर ४० वर्ष थियो । तर यो सहमति धेरै समय टिकेन । फेरि संघर्ष सुरु भयो ।

सन् १६२४ मा उनका भाइ एउटा सानो टापुमा गएर बस्न थाले । उनको त्यहीँ मृत्यु पनि भयो । एनजिंगाको भाइको मृत्युबारे बिभिन्न खाले तथ्यहरु सार्वजनिक भएका छन् ।

केहीले एनजिंगाले आफ्नो छोराको हत्याको बदला लिन भाइलाई विष दिएर हत्या गरेको समेत भनेका छन् । कसैले भने एनजिंगाका भाइले टापुमा गएपछि आत्महत्या गरेको बताएका छन् ।

तर यसैबीच एनजिंगाले पोर्चुगलको सेना र केही आफ्ना मान्छेकै चुनौतीको सामना गर्दै एनदोंगोकी पहिलो रानी बनिन् । अंगोलाको नेसनल लाइब्रेरीका निर्देशक जाओ पेड्रो लोरेन्कोका अनुसार युगौँदेखि जारी महिला शोषणविरुद्ध एनजिंगाका एक सशक्त आवाजका रुपमा परिचित भएकी छिन् ।

पोर्चुगलकी लेखिका जोस एडुआर्डो अगुआलासा भन्छिन, ‘रानी एनजिंगा युद्ध भूमिमा एक महान योद्धा मात्रै थिइनन उनी एक महान रणनीतिकार तथा कुटनीतिज्ञ पनि थिइन् ।’

उनी पोर्चुगलविरुद्ध लडिन् । हल्याण्डसँग मित्रता कायम गरिन् । त्यस्तै अरु कुनै मुलुकसँग लड्नु परेमा फेरि पोर्चुगलसँगै सहयोग लिन पनि उनी पछि हट्दिनथिन् ।

फ्रान्सेली दार्शनिक मार्किस दे सादेले इतालवी मिसनरी गिओवनी कावेजीका कथामा आधारिक पुस्तक ‘द फिलोसोफी अफ् द ड्रेसिङ टेबल’ लेखेका छन् ।

यसमा कावेजीले दावी गरेका छन् कि एनजिंगा आफ्ना प्रेमीलाई यौन दासीका रुपमा काम लगाउँथिन् । साथै शारीरिक सम्पर्कपछि उनले आफ्ना प्रेमीलाई जलाएर मारिदिन्थिन् ।

रानी एनजिंगाको ‘अड्डा’ लाई चिबदोस भनिन्थ्यो । त्यहाँ बस्ने पुरुषहरुलाई महिलाले लगाउने लुगा लगाउन दिइन्थ्यो । साथै रानी त्यहाँ रहेका कुनै पुरुषसँग सम्पर्क गरेका बेला अन्य पुरुषलाई एकआपसमा लडाउने पनि गर्थिन् ।

कावेजीले गरेका दावीहरु दोस्रो पक्षबाट लिइएका जानकारीहरुमा आधारित छन । इतिहासकारहरु भने रानी एनजिंगाका बारेका थुप्रै खालका किस्सा रहेको मान्दछन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्