सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

लिक भयो नर्वदा र सञ्जेलबिचको फोन कुराकानी

साढे ३३ केजी सुन हराएपछी पर्दाफास भएको करिब ३८ क्विन्टल सुन तस्करीको समुहका नाईके भनिएका चुडामणि उप्रेती उर्फ ‘गोरे’ यतिबेला पुर्पक्षका लागि थुनामा छन् । सनम शाक्यको हत्या भएसँगै फरार भएका गोरे जेठ ११ मा पक्राउ परेका थिए ।

सुन तस्करीमा एसएसपी श्याम खत्रीको संलग्नतालाई स्वीकार गरेका गोरेले हत्या गरिएका सनम शाक्यको शव व्यवस्थापन गर्न भनि अपराध महाशाखाबाट मोरङ गएको सञ्जेल मामा भनिने सई बालकृष्ण सञ्जेल लगायतको प्रहरी टोलीलाई भने उनले पोलेका छैनन ।

जबकी गोरे समूहबाट हत्या गरिएका सनम शाक्यको शव व्यवस्थापनका लागि महाशाखाको टोली गएको अभियुक्त टेकराज मल्ल लगायतले बयानमा उल्लेख गरेका छन । महाशाखाको टोलीले शनमको शव मोरङ प्रहरीलाई बुझाएपछि पनि गोरे र उनको परिवारसँग संवाद गरेको पाइएको छ ।

त्यसमध्येको एक अडियो मिडियामा सार्बजनिक भएको छ, जसमा महानगरीय अपराध महाशाखाका सई बालकृष्ण सञ्जेलले गोरेकी श्रीमती नर्वदा खरेलसँग १९ मिनेट ५६ सेकेन्ड कुराकानी गरेका छन् ।

यसमा सञ्जेलले आफूहरुले गोरेलाई बचाउन खोजेको तर, उनी अन्तिम समयमा भागेर कुरा बिग्रिएको बताएका छन् । नर्वदाले भने मामाको नाता लगाउँदै यो पटक गोरेलाई जसरी पनि बचाई दिनुर्पयो भन्दै हार गुहार गरेकी छन् ।

सुन्नुहोस् अपराध महाशाखाका सई बालकृष्ण सञ्जेल उर्फ सञ्जेल मामा र गोरेकी श्रीमती नर्वदाबिच भएको अडियो सम्वादः

फेसबुकबाट कमेन्ट गर्नुहोस्