सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

म्याग्दीका बाढिपिडितलाई लाफा जापानको सहयोग

गत बैशाख २० गते आएको बाढी पहिरोका कारण विस्थापित बनेका म्याग्दीको भुरुङतातोपानीका बाढीपिडितहरुको लागी जापानको तोचिगीबासी नेपालीहरुले आर्थीक सहयोग गरेका छन । लाफा क्लव, तोचिगीको पहलमा तोचिगी लगायत जापानका बिभिन्न भागमा बस्दै आएका नेपालीहरुले सहयोग संकलन गरी पठाएका हुन ।

लाफा क्लवका कोषाध्यक्ष सन्तोष थापा मगरको संयोजकत्वमा भएको आर्थीक सहयोग संकलन अभियानमा १ लाख ३० हजार जापानी येन (नेपाली १ लाख २६ हजार ३५ रुपैयाँ) जम्मा भएको थियो । बाढिपिडितको सहयोगार्थ ४६ जनाले आर्थीक सहयोग गरेको लाफा क्लवका कोषाध्यक्ष सन्तोष थापा मगरले बताएका छन ।

सहयोग रकम राहत संकलन तथा वितरण कोषको गरिमा विकास र्बैकमा रहेको खाता नं. ०२२१०१००७०६९६००००००१ मा सिटी रेमिटमार्फत सिधै जम्मा गरिएको कोषाध्यक्ष थापाले जानकारी दिएका छन । सहयोग रकम सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानले बिना शुल्क पठाईदिएको हो । बिभिन्न सामाजीक कार्यका लागी पैसा पठाउँदा सिटी रेमिट तोचिगीले निशुल्क सेवा दिने गरेको छ ।

गत बैशाख २० गते दिउँसो ४ः२० मा आएको बाढीले म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नं. २, भुरुङ तातोपानीका ४ घरमा पुर्ण क्षति पुगेको थियो भने अन्य ११ घरमा आंशिक क्षती पुगेको थियो । पुर्ण क्षति पुगेका ४ परिवार मध्ये दुई घरपरिवारले कुनै सहयोग नलिने बताईसकेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्