सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

के ट्याक्सीले ठग्यो ? ९८५१२७३२२२ मा फोन गर्नुहोस्

ट्याक्सीवालाबाट ठगिएको, मिटरमा जान नमानेको जस्ता समस्या आम मानिसले भोग्दै आएका समस्याहरु हुन । के तपाईं पनि ट्याक्सीबाट ठगिनुभयो या ट्याक्सीले मिटरमा जान मानेन ? त्यसो हो भने अब ९८५१२७३२२२ फोन वा एसएमएस गर्नुस् । ठग चालकहरूमाथि सरकारले अब कारवाही हुने दावी गरेको छ ।

यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाभित्र सञ्चालित मिटरजडित ट्याक्सीको प्रयोग गर्दा सेवाग्राहीबाट ट्याक्सी सञ्चालनका सम्बन्धमा बारम्बार गुनासो सम्बोधन गर्न यो नम्बरको व्यवस्था गरेको हो । मिटरजडित ट्याक्सीको सेवा दिन नमानेमा ९८५१२७३२२२ मा फोन वा म्यासेज गरेर जानकारी गराउन आग्रह गरिएको छ ।

गन्तब्य स्थानसम्म जान नमान्ने, आलटाल गर्ने मिटरमा जान नमान्ने, ट्याक्सी स्ट्याण्डमा सवारी पार्किङ गरी लामो समयसम्म चालक सिटमा नबस्ने, तथा मिटर सर्ट गर्ने र गन्तब्यसम्म लाग्ने रकम अस्वाभाविक रुपमा बढी लिने जस्ता गुनासो आएमा विभागले तत्कालै कारवाही गर्ने दावी गरेको छ ।

यसैगरी सार्वजनिक सवारीका साधनहरुमा जेष्ठ नागरिक, महिला, अपांगता भएका व्यक्तिहरुलाई आरक्षित सीटमा अन्यलाई राखिएमा पनि कारवाही गर्ने विभागले जनाएको छ ।

अनुगमन गर्दा आरक्षित सीटमा कानुनले तोके बाहेकका यात्रुलाई राखेको पाईएमा प्रचलित कानुन बमोजिम हदैसम्मको कारवाही गरिने विभागका प्रवक्ता तुल्सीराम अर्यालले बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्