जनवरी २०२२ बाट एभरेष्टवाल नयाँ जोसकासाथ
आदर्णिय पाठक महानुभाव कोरोनाका कारण लामो समय अवरुद्ध भएको हाम्रो समाचार सम्प्रेसन अब जनवरी १, २०२२ बाट नियमित रुपमा हुने जानकारी गराउँदछौँ । पाठक वर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमा प्रार्थी छौँ ।
कोरोनाले अवरुद्ध भएको हाम्रो समाचार प्रकासन तथा सम्प्रेसन अब नयाँ टिम र जोसका साथ नियमित हुनेछ । हामीले एभरेष्टवाललाई नेपालमा मात्रै नभई विश्वव्यापिकरणको सिद्धान्तलाई आत्मसाथ गर्दै सहायक भाषाको रुपमा अंग्रेजी र जापानीज भाषामा सम्प्रेसन गर्ने जमर्को गरेका छौँ ।
जापानमा एभरेष्टवालको चिफ एडिटर अनिल शाहीले सबै जिम्मेवारी निर्वाह गर्नुहुनेछ भने क्यानडामा गोकर्ण लामिछानेले हाम्रो रिपोर्टरको रुपमा काम गर्नुहुनेछ । त्यसैगरी अमेरिकामा पकाश वस्नेतले गर्नुहुनेछ ।
हाम्रो एडिटरियल कार्य जापानबाट हुनेछ भने व्यवस्थापकिय कार्य नेपालस्थित काठमाण्डौबाट हुनेछ । कोरिया र अष्ट्रेलियमा स्टिन्जरको रुपमा हाम्रा प्रतिनिधीले काम गर्नेछन् । एभरेष्टवाललाई हाँक्न हाम्रो १५ जनाको टिम सदैव क्रियासिल रहनेछ । सदाझैँ यहाँहरुको मायाँ र साथ सहयोग हामीलाई हुनेछ भन्ने अपेक्षा राख्दछौँ ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्