सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

हाम्रो बारेमा

सुचना र प्रविधिको विकासले विश्व एउटै घर भएको छ । देशहरु घरका कोठा जस्तै भएका छन । र हामी परिवारका सदस्य जस्तै भएका छौँ । सुचना र प्रविधिको विकासले हामीलाई यति नजिक बनाएको छ की, हामी पृथ्वीको एउटा गोलार्धमा बसेर अर्को गोलार्धमा के भईरहेको छ प्रस्ट देख्न सक्छौँ, थाहा पाउन सक्छौँ ।

जुन गतिमा सुचना र प्रविधिको विकास भईरहेको छ, त्यो भन्दा अँझ द्रुत गतिमा सुचना ग्रहण गर्न हामी आतुर छौँ । हामीलाई अहिले हुँदै गरेको, भईरहेको, प्रत्यक्ष सुचना ग्रहण गरेर मात्रै पनि चित्त बुझेको छैन । हामीलाई त सुचना ग्रहण गर्ने यस्तो चाह भईसकेको छ की, अब के हुँदैछ भन्ने अग्रिम जान्न/थाहा पाउन चाहान्छौँ हामी । र यही बाटोमा दुनियाँ अगाडी बढीरहेको छ ।

नेपालका सन्दर्भमा सबैभन्दा छिटो केही विकास भएको छ भने त्यो हो ‘सुचना र सञ्चार’को क्षेत्र । सुचना र सञ्चारमा भएको यो विकासको गति यति तिव्र भएको छ की, जुन हामीलाई पचाउनै गाह्रो भएको छ । तर पनि सुचना र प्रविधिको विकास हुनु आफैमा सकारात्मक पक्ष हो ।

सुचना सम्प्रेषणको बदलिँदो रुपसँगै दुनियाँ डिजिटल जमानामा प्रवेश गरेको छ । दुनियाँभरका खबर अहिले मोवाईलको स्क्रीनमा हेर्न र पढ्न पाईन्छ । प्रविधिको यही बदलिँदो माध्यमलाई अबलम्वन गर्दै एभरेष्टवाल पनि डिजिटल दुनियाँको महासागरमा हाम फालेको छ ।

हाम्रो क्षमता र विवेकले भ्याएसम्म हामी हाम्रा सुचना र समाचारलाई तथ्यपुर्ण र भरोसायोग्य बनाउनेछौँ । जानाजान हामीबाट पत्रकारीताको धर्मलाई उपेक्षा गरेर सुचना सम्प्रेषणमा कुनै गल्ती र लापरबाही हुनेछैन । यो हाम्रा पाठकप्रति हाम्रो ईमान्दारीतापुर्ण वाँचा छ । गलत प्रवृतिको खबरदारी र न्यायपुर्ण समाज निर्माणका लागी हामी सदैव कटीबद्ध हुनेछौँ ।

एभरेष्टवालमा कुनै पनि व्यावसायीक लगानी छैन । यो नितान्त क्रियासिल पत्रकारहरुको समुहले सञ्चालन गरेको अनलाईन पत्रीका हो । आफ्नो पेशागत क्षमतालाई स्वतन्त्र, दबाबबिहिन र सिर्जनात्मक रुपमा प्रयोग गर्दै समाजलाई सही सुचना प्रबाह गर्नु हाम्रो एकमात्रै मूल मन्त्र रहनेछ । हाम्रो यो अठोटमा कहीँ कतै कमजोरी भएमा पाठकहरुबाट खबरदारीपुर्ण सुझाव र सल्लाहको लागी हामी सदैव अपेक्षा राख्दछौँ ।

प्रधान कार्यालय                            सम्पादकीय कार्यालय
काठमाण्डौ–१०, नयाँ बानेश्वर           328-0045  Tochigiken, Tochigishi
संघिय संसदको भवन पछाडी          Kawaicho 4-12, Japan
फोन नं. +९७७९८-०३९७-८१७५     Tel: 07031339395

 
मिडियावाल प्रा. लि. द्वारा प्रकासित everestwall.com अनलाईन पत्रीकाका लागि अध्यक्ष : गोकर्ण लामिछाने, सम्पादक : अनिल शाही
कार्यालय : काठमाण्डौ–१६, बालाजु, काठमान्डौ फोन नम्बर : (+९७७) ९८२ ३५२ ८३४३ , ईमेल : everestwall@gmail.com