सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्युठानमा नेपाल बैंक लुट्ने असफल प्रयास

लुटेराको एक समुहले शुक्रबार नेपाल बैंक लिमिटेडको प्युठान शाखा कार्यालय लुट्ने प्रयास असफल भएको छ । साँझ कार्यालय समयपछी बैंकका चौकीदारलाई स्पे्र मार्फत बेहोस बनाई बैंक लुट्ने प्रयास असफल भएको हो ।

कार्यालय समय सकिएपछि लुटेरा बैंकमा आफ्नो मोबाइल छुटेको बहाना बनाउँदै बैंकमा छिरेको बताइएको छ । अहिले लुटेराको खोजी जारी राखिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । बैंकका सुरक्षा गार्डले जानकारी गराए लगत्तै बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जानकारी पाए लगत्तै घटनास्थलमा सहायक प्रमुख जिल्ला अधिकारी भूपबहादुर पुनसहित प्युठान प्रहरी प्रमुखको टोलि पुगेर निरिक्षण गरेको छ । लुटेराले चौकीदारलाई बेहोस बनाउन नसकेपछि तत्काल भागेको बताइएको छ । चौकीदारले आफूमाथि एक्कासि आक्रमण भएकाले लुटेराको पहिचान गर्न नसकिएको बताएका छन् ।

Thief not success to thieft bank in pyuthan

लुटेराले साथमा लिएको अन्दाजी आठ थान बैंकको रुपैयाँ राख्ने ठाउँ काट्ने हेक्जाब्लेड, चार थान हातमा लगाइने पञ्जा लगायत बैंक लुट्नका लागि प्रयोग हुने सामग्री सहितको झोला बैंकमै छाडेर भागेका छन् ।

नेपाल बैंक लीमीटेड प्युठान शाखाका प्रमुख तालिमका लागि भन्दै जिल्ला बाहिर रहेको बताईएको छ । त्यस्तै निमित्त कार्यालय प्रमुख पनि कार्यालय समयपछि घर गएको समयमा बैंक लुट्ने प्रयास भएको हो ।

बैंक लुट्नका लागि प्रयोग भएका सामान हेर्दा शृङ्खलाबद्ध तरिकाले बैंक लुट्न खोजिएको जस्तो देखिएको छ । बैंक लुट्ने प्रयासमा कम्तीमा ४ देखि १० जनासम्म संलग्न रहेको हुन सक्ने अनुमान गरिएको छ । रासस

फेसबुकबाट कमेन्ट गर्नुहोस्