सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

विदेशी कम्पनीले सफा गर्ने भए उपत्यका

काठमाण्डौको फोहोर मैला व्यवस्थापनको जिम्मा फिनल्याण्ड र भारतीय कम्पनिलाई दिईने भएको छ । काठमाडौंको फोहोर व्यवस्थापन गर्ने जिम्मा फिनल्याण्डको कम्पनी नेपवजले पाएको छ भने ललितपुर र भक्तपुरको फोहोर व्यवस्थापन गर्ने जिम्मा भारतीय कम्पनी ग्रीन भ्यालीले पाएको छ ।

लगानी बोर्डका सीइओ महाप्रसाद अधिकारीले भन्नुभयो–‘हामीले हेरिरहेका आयोजनाहरुमध्ये काठमाडौंको फोहोरमैला व्यवस्थापन आयोजना अहिलेसम्म सबैभन्दा आशलाग्दो स्थिति छ ।’ सीइओ अधिकारीका अनुसार चाँडोभन्दा चाँडो फोहोरमैला व्यवस्थापनका लागि एक भारतीय र एक फिनल्याण्डको कम्पनीसँग पीडीए सम्झौता हुनेछ ।

Phohor kathmanduma

ती कम्पनीहरुले उपत्यकाको फोहोर संकलन गरेर प्रशोधन र डिस्पोजल गर्नेछन् । फोहोरको प्रशोधन गरेर मल तथा अन्य वस्तुको उत्पादन पनि गर्न सकिने भएकाले यो आयोजना बहुउपयोगी हुने लगानी बोर्डको निष्कर्श छ ।

आयोजनाको विस्तृत अध्ययन प्रतिवेद (डीपीआर) बोर्डले पारित गरिसकेको छ । फोहोर मैला व्यवस्थापनका लागि लगानी बोर्डले नियुक्त गरेको अन्तराष्ट्रिय कन्सलट्यान्ट सीओडब्लुआइले आफ्नो प्रतिवेदन बुझाइसकेको छ ।

सीइओ अधिकारीले भन्नुभयो–‘केहीदिन भित्रै आयोजना विकासको सम्झौता हुनेछ ।’ काठमाडौं उपत्यकाको फोहोरको व्यवस्थापन अत्यावश्यक रहेकाले लगानी बोर्डले पनि यसलाई गंभीरतापूर्वक हेरिरहेको अधिकारीले बताउनुभयो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्