सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

फास्ट ट्रयाकमा कांग्रेसीहरु देश डुबाउँदैछनः नेपाल

पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले फास्ट ट्रयाकमा देश डुबाउन कांग्रेस भित्रकै केही तत्व लागिपरेको आरोप लगाउनु भएको छ । उहाँले सुशील कोइराला नेतृत्वको सरकारले जुन सर्तमा जुन कम्पनीलाई फास्ट ट्रयाक दिन खोज्यो त्यो पुरै देशको अहितमा रहेको बताउनु भएको छ ।

बरिष्ठ नेता नेपालले भन्नुभयो–‘भ्रष्टाचारमा लिप्त भएर देश डुबाउन कांग्रेसभित्रका केही मानिस लागी रहेको देखिन्छ ।’ उहाँले भन्नुभयो–‘असी, पचासी अर्बमा बन्ने योजनालाई एक खर्ब बाह्र अर्ब पु¥याएर दिन खोजियो ।’

अन्नपूर्ण पोष्टमा प्रकाशित अन्तरवार्तामा नेता नेपालले भन्नुभयो–‘उसको सर्त अनुसार त्यो ट्रयाकमा दस बाह्र हजार सवारी साधन नै चल्दैन । दश हजारको संख्यामा बाहन नचल्ने अनि त्यसको क्षतिपूर्ति दिन्छु भनेर जुन सम्झौता गर्न खोजिएको छ, त्यो गलत छ ।’

Madhab Kumar Nepal

नेता नेपालले भन्नुभयो–‘त्यसमा देशलाई नै ध्वस्त पार्ने अकूत भ्रष्टाचारका योजना थिए । सुरुदेखि नै मैले त्यसको घोर विरोध गरँे । हाम्रो पार्टीले पछि पनि त्यसको विरोध ग¥यो । पछि केपी ओलीजीले केही ढिला गरेर भए पनि सरकारले नै त्यो बनाउने निर्णय गरे ।’

कांग्रेसका मन्त्रीहरुले भारतलाई फाष्ट ट्रयाक दिनुपर्छ भने पनि अहिलेको प्रधानमन्त्रीले त्यस्तो नगर्ने नेता नेपालले विश्वास गर्नुभएको छ । उहाँले भन्नुभयो–‘अहिलका प्रधानमन्त्रीले पनि यसलाई नेपाल सरकारले नै बनाउँछ भनेकोले अलिकति आशा जगाएको छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS