बुटवलकी रमाको कुवेतमा असामयीक निधन
रोजगारीको सिलसिलामा कुवेत पुगेकी एक नेपाली महिलाको असामयिक निधन भएको छ । मृत्यु हुने बुटवल घर भई कुवेतको जिलिबमा बस्दै आएकी ३५ बर्षीया रमा गुरुङ रहेको जानकारी प्राप्त भएको छ । उनको आइतबार राति करिब १ बजे निधन भएको हो ।
नासर स्पोर्टस कम्पनीमा सेल्सको काम गरिरहेकी गुरुङ आइतबार राति १२ बजेतिर डिउटीबाट फर्किँदा निवास नजिकै किराना पसलमा पानी किनेर पिउँदा अकस्मात ढलेको बताईएको छ । उनलाई किराना पसलमा आएका इजिप्सियनको सहयोगमा उनकै कोठामा लगि एक्लै आराम गर्न छोडिएको थियो ।
केहि समयपछि साथीहरु कोठामा आउँदा उनलाई मृत अवस्थामा भेटाएका थिए । मृत अवस्थामा पाएपछी उनका साथीहरुले तत्काल प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शव वाहन लिएर उनको मृत शरिरलाई लिएर गएको दलित एकता संजालका कोषाध्यक्ष कृष्ण सुनारले जानकारी दिएका दिनुभएको छ ।
विगत ७ बर्षदेखि कुवेतमा कार्यरत मृतक गुरुङको चिनजान र नजिकको कोही नभएकोले उनको शव छिटो भन्दा छिटो नेपालसम्म पुर्याउन भूमिका खेल्न नेपाली राजदुतावास कुवेत र कुवेतमा क्रियाशिल नेपाली संघ संस्थालाई अनुरोध गरिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्