सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अस्पतालको झ्यालबाट हाम फालेर आत्महत्या

Teaching-hospital

दोलखा घर भई शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक मिर्गौला पीडितले झ्यालबाट हामफालेर आत्महत्या गरेका छन् । दोलखाको मालु बस्ने १८ वर्षीय विजय खड्काले सोमबार राति अस्पतालको झ्यालबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

मिर्गौला फेल भई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भई उपचार गराईरहेका खड्काले गएराति बिरामी वार्डको तीन तला माथि झ्यालबाट जमिनमा हाम फालेका थिए । गम्भीर घाइते बनेका खड्काको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्