सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एप्पलको बहुप्रतिक्षीत आइफोन सेभेन सार्वजनिक

iphone_7-lunch-picture

एप्पलको बहुप्रतिक्षीत आइफोन सेभेन र सेभेन प्लस भब्य समारोहका बिच सार्वजनिक भएको छ । एप्पलले दिएको जानकारी अनुसार दुबै आइफोनको प्रि अर्डस सेप्टेम्बर ९ देखि सुरु हुनेछ भने वितरण सेप्टेम्बर १६ तारिखबाट हुनेछ ।

३२ जिबीको आइफोन सेभेनको मूल्य ६४९ डलर र त्यति नै जिबीको सेभेन प्लसको मूल्य ७६९ डलर राखिएको छ । आईफोन सेभेन ३२, १२८ र २५६ जिबीमा उपलब्ध हुनेछ । नयाँ आईफोन अघिल्ला फोनहरु भन्दा ३० गुणा छिटो चल्ने एप्पलले जनाएको छ । आईफोन सेभेन कालो, सिल्भर, गोल्ड र रोज गोल्डमा उपलब्ध हुनेछ ।

फिनिसिङको लागि यसले नयाँ ब्ल्याक र जेट ब्ल्याक उपयोगमा ल्याएको छ । कम्पनीका अनुसार नयाँ डिजाइन पहिलो पटक धुलो र पानीले असर नपार्ने खालको छ । त्यसैगरी नयाँ आइफोनमा नयाँ किसिमको होम बटन राखिएको छ । आइफोन सेभेन ४.७ इञ्चको हुनेछ भने सेभेन प्लस ५.५ इञ्चको हुनेछ ।

iphone-7 concept1

नयाँ आईफोनमा तल र माथि गरी दुई वटा स्पिकर राखिएका छन् । स्टिरियो स्पिकर सिस्टमका कारण आइफोन सिक्स एसभन्दा यसमा दुई गुणा ठूलो आवाज आउने छ । त्यसैगरी इयर पडको लागि ज्याक पहिलेको भन्दा फरक बनाइएको छ । अब लाइटनिङ कनेक्टर मार्फत् इयरपड जोड्नुपर्नेछ ।

त्यस्तै वायरलेस अडियोका लागि एयरपड ल्याइएको छ । एयरपडले तार एप्पल प्रडक्टमा नजोडिकन काम गर्नेछ । एयर पड अक्टोबरमा बल्ल बजारमा आउनेछ । चार्ज गर्ने ठाउँमा नै हेडफोन कनेक्ट गर्न सकिने पनि बताईएको छ ।

नयाँ आइफोनमा ६४ बिट सिस्टममा ४ कोरको ए १० फ्युजन २ दशमलव ४५ गिगाहर्ज क्लक स्पीड प्रोसेसर छ । यसमा स्मार्टफोनकै सबैभन्दा शक्तिशाली चिप राखिएको दावी एप्पलको छ । आइफोन ६ भन्दा यो दुई गुणा फास्ट हुन्छ भने अहिलेसम्मको आइफोन मध्ये सबैभन्दा बढी ब्याट्री यसैमा टिकाउ हुनेछ ।

यस पटक एप्पलले आइफोनको क्यामेरामा पनि नयाँ प्रयोग गरेको छ । सेभेन प्लसमा पछाडि दुई वटा क्यामेरा राखिएको छ । अप्टिकल इमेज स्ट्याबलाइजेसनका साथ लो लाइटमा पनि राम्रो फोटो खिच्ने दावी कम्पनीको छ । १२ मेगापिक्सेलको क्यामेराले भिडियो फोर के क्वालिटीको खिच्न सकिनेछ ।

iphone-7

त्यसैगरी १०८० र ७२० पिक्सेलको एचडीमा स्लो मोसन भिडियो खिच्न सकिनेछ । सेल्फीका लागि यसमा ७ मेगापिक्सेलको फ्रन्ट फेसिङ क्यामेरा राखिएको छ । सेभेन प्लसका दुई क्यामेराले वाइड एङ्गल र टेलिफोटो क्यामेराको कामका साथै अप्टिकल जुम २ एक्स र डिजिटल जुम १० एक्ससम्म गर्न सकिनेछ ।

नयाँ आइफोनको रेटिना एचडी डिस्प्लेले उज्यालो र बढी कलरफूल दृश्य देखिनेछ । डिजिटल सिनेमा इन्डस्ट्रीकै सरह कलर स्पेस आइफोन सेभेनले प्रयोग गर्ने कम्पनीको दावी छ । त्यसैगरी यसमा थ्री डी टचको पनि उपयोग गरिएको छ । अर्थात् टचको फिल पनि यसमा हुनेछ ।

iphone_7_camera_has_been_boosted

फेसबुकबाट कमेन्ट गर्नुहोस्