तीस लाखमा अमेरिका, तस्करको पर्दाफाँस
महानगरीय अपराध महाशाखाले संगठित रुपमा नेपालबाट अमेरिका मानव तस्करी गर्ने दुईजनालाई पक्राउ गरेको छ । ललितपुर महालक्ष्मीस्थान बस्ने रुकुमका नवराज खत्री र बाग्लुङ घर भई लैनचौर बस्ने सागर सिरिश मगरलाई पक्राउ गरिएको अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले बताउनु भएको छ ।
खत्री र शिरीष पक्राउ परेसँगै नेपालबाट अमेरिकामा हुने गरेको संगठित मानव तस्करीमा अन्र्तराष्ट्रिय गिरोह नै संलग्न रहेको पत्ता लागेको छ । गिरोहले नेपाल देखि अमेरीकासम्म मानव तस्कर गर्नका लागि तीन ओटा रुट प्रयोग गर्ने गरेको पाइएको छ । यसका लागी उनीहरुले अन्र्तराष्ट्रिय स्तरको संजाल बनाएको प्रहरीको दाबी छ ।
भदौ १७ गते नवलपरासीका प्रेम नारायण महतो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४० हजार अमेरिकी डलर सहित पक्राउ परेपछी मानव तस्करको यो रहस्य खुलेको हो । सुरुमा महतोलाई विदेशी मुद्रा अपचलनमा कारबाही प्रक्रिया सुरु गरिएको थियो । पछी महतोले मानव तस्करी बिरुद्ध उजुरी गरेपछी तस्करीको जालो पत्ता लागेको छ ।
महतो लगायतका चार जनालाई अमेरिका लैजाने भनि सागर र नवराजको गिरोहले २० देखि ३० लाख रुपैयाँसम्म लिएको अनुसन्धानमा खुल्न आएको छ । गिरोहले महतोको टोलीलाई काठमाडौबाट दिल्ली, वैंकक, जापान, फ्रान्स, मेक्सिको हुँदै अमेरिका लैजान लागेको खुल्न आएको छ । महतो पक्राउ परे पनि उनीसँगै अमेरीका जान पैसा बुझाएका भनिएका अन्य तीन जनाबारे केही खुलेको छैन ।
प्रहरीका अनुसार नवराज खत्री र सागर शिरिषको समुहले काठमाण्डौमा मानिसहरु जम्मा गर्ने र प्रतिव्यक्ति २० देखि ३० लाखसम्म तीन किस्तामा रकम लिने गरेको पाईएको छ । मानव तस्करको गिरोहले अमेरिकासम्म मान्छे पु¥याउन तीन ओटा रुट प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
पहिलो रुट अनुसार तस्करहरुले रकम लिएपछि काठमाडौं एयरपोर्टबाट दिल्ली पठाउँछन । दिल्लीको एजेन्टले रिसिभ गरेर बैंकक पठाउँछ । बैंककबाट पनि एजेन्ट हुँदै मेक्सिको पु¥याईन्छ । अमेरीका जान हिँडेकाहरु मेक्सिको पुगेपछी योजनाबद्ध रुपमा अलपत्र पर्ने गर्छन ।
अलपत्र परेका उनीहरुलाई मेक्सिको प्रहरीले पक्राउ गरी थुनामा राख्छ । थुनामा रहेका मानिसहरुलाई भेट्छ र वकिलसँग सम्पर्क गराइदिन्छ । वकिलहरु १० हजार डलर तिरेपछि कानुनी सहजताको काम गर्न तयार हुन्छन् ।
वकिलको सहयोगमा कानुनी प्रक्रिया मिलाएर मेक्सिको प्रहरीको थुनाबाट उनीहरु छुट्छन् । मेक्सिको प्रहरीको थुनाबाट छुटेकाहरुलाई अमेरिकाको टेक्सासमा रहेको शरणार्थी क्याम्पमा राखिन्छ । अमेरीका छिरिसकेपछी उनीहरु आवश्यक कानुनि प्रक्रिया पुरा गरेर मुक्त हुन्छन् ।
दोस्रो रुटमा काठमाडौंबाट दिल्ली पुगेकाहरुलाई बैंककको सट्टा जापान ट्रान्जिट हुँदै मेक्सिको पठाउने गरेको पाइएको छ । तेस्रो रुट भने काठमाडौंबाट सिंगापुर, जापान हुँदै मेक्सिको पु¥याउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । जुन रुटबाट गएपनि मेक्सिको पुगेपछि प्रक्रिया एउटै हुनेछ ।
मानव तस्करको गिरोह मध्ये काठमाडांैका एजेन्टहरुले १० लाखसम्म लिने गरेका छन् । मेक्सिको पुगेपछि कानुन व्यवसायी जेनिसाले १० लाख र अमेरिकाको टेक्सास स्थित शरणार्थी क्याम्पमा पुगेपछि १० लाख गरी तीन किस्तामा ३० लाखसम्म रकम लिने गरेको पाईएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्