सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

बम परिक्षण गर्दा ५.३ रेक्टरकोे भूकम्प

दक्षिण कोरियाली सैन्य अधिकारीहरुले शुक्रबार उत्तर कोरियाले पाँचौ र अहिले सम्मकै सबैभन्दा ठूलो परमाणु परिक्षण गरेको दाबी गरेका छन् । उत्तर कोरियाको परमाणु परिक्षण स्थल नजिकै ५.३ रेक्टर स्केलको भूकम्प मापन गरिएपछि दक्षिण कोरीयाले यस्तो आशंका व्यक्त गरेको हो ।

उत्तर कोरियाले यस बिषयमा कुनै प्रतिक्रिया दिएको छैन । तर, यसअघि त्यस क्षेत्रमा मापन गरिएको भूकम्प सबै परमाणु परिक्षण भएको पुष्टि भएको थियो । दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हिले उत्तरको पछिल्लो कदमलाई किम जोङ उनको ‘आत्मघाती’ र ‘लापरवाह’ कदम भएको बताएकी छिन् ।

विदेश भ्रमण छोट्याएर स्वदेश फर्कन लागेकी पार्कले किमको यो हर्कतले उत्तरमाथि थप प्रतिबन्ध लाग्ने बताएकी छिन । दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले उत्तर कोरियाको सेना प्रमुखलाई उद्धृत गर्दै उत्तर कोरियाको पछिल्लो परिक्षण अहिले सम्मकै सबैभन्दा ठूलो भएको बताएको छ ।

गत जनवरीमा गरिएको परिक्षणभन्दा दुई गुणा ठूलो बताइएको उक्त परिक्षणको शक्ति १० किलोटन भएको बताइएको छ । त्यतिबेला उत्तरले सफलतापूर्वक हाइड्रोजन बम परिक्षण गरेको दाबी गरे पनि त्यसको पुष्टि भने भएको छैन ।

north-korea-nuclear-bomb-test-file-photo

 

क्षेप्यास्त्र परीक्षण फाईल तस्विर

भूकम्प मापन गर्ने अमेरिकी जियोलोजिकल सर्भेले पनि उक्त क्षेत्रमा मापन भएको भूकम्पको तरङ्ग विस्फोटबाट भएको बताएको छ । सर्बेका अनुसार भूकम्पको झट्का जमिनको माथिल्लो सतहमा महसुस गरिएको थियो । जबकि प्राकृतिक भूकम्प जमिनको तल्लो भागमा जाने गर्दछ ।

दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा एजेन्सी यस विषय बारे अध्ययन गर्न आकस्मिक बैठकमा बसेका छन् । यो संभावित परमाणु परीक्षण १९४८ मा उत्तर कोरिया गठन गरिएको वर्षगाँठको अवसरमा भएको हो ।

जापानका प्रधानमनत्री शिन्जो आवेले उत्तर कोरियाले मानवघाती कुनै परीक्षण गर्छ भने त्यसलाई सहन नसकिने बताएका छन् । अमेरिकाले पनि उत्तरको गतिविधिको अध्ययन गरिरहेको जनाएको छ ।

जनवरीमा चौथो परमाणु परीक्षणपछि उत्तर कोरिया विरुद्ध आर्थिक तथा अन्य प्रतिवन्धलाई कडाइ गरिएको छ । तर अमेरिका र चीनबीच बढ्दो तनावका कारण उत्तर कोरिया विरुद्ध कुनै साझा कार्यक्रम ल्याउन समस्या परिरहेको छ ।

चीन उत्तर कोरियाको सवैभन्दा नजिकको देश हो । तर, उसले परमाणु कार्यक्रम विरोध गरेको छ । विरोधका बाबजुद चीनले उत्तर बिरुद्ध कुनै कदम उठाउन चाहँदैन । जसले दुई देशबीच समस्या उत्पन्न हुनेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS