सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रहरीको भेषमा डेटिङ गएकी युवतीको बलत्कार

आफुलाई प्रहरी बताउँदै दुई युवकले डेटिङमा गएकी युवतीलाई धम्क्याएर सामूहिक बलत्कार गरेको घटना सार्वजनिक भएको छ । यौन सम्बन्ध राख्न नदिए थुनिदिने धम्की दिएर रसुवाका लाकु ग्याल्बो घले र रामेछापका अनिल खड्काले युवती माथि बलात्कार गरेका हुन् ।

घटना गत साउन १२ गते मुड्खु भ्यू टावर नजिकै भएको थियो । कपन बस्ने एक १८ वर्षीया युवतीलाई उनीहरुले भ्यूटावर नजिकै मकैबारीमा सामूहिक बलात्कार गरेका हुन् । बलत्कार गर्ने घले र खड्कालाई भक्तपुर प्रहरीले नगरकोटबाट पक्राउ गरेको हो ।

Rape file pic

युवती आफ्ना प्रेमीसँग पशुपति मन्दिर घुम्न गएकी थिइन् । त्यहाँ प्रेमीसँग फोटो खिच्ने क्रममा घले र खड्काले आफूहरुलाई प्रहरी भएको बताउँदै सार्वजनिक स्थानमा अमर्यादीत गतिविधि गरेको भन्दै युवती र उनका प्रेमी दुवैलाई नियन्त्रणमा लिए ।

युवकलाई खड्काले र युवतीलाई घलेले नियन्त्रणमा लिएका थिए । घलेले युवतीलाई हिडाउँदै पशुपति मन्दिरबाट चाबहिलसम्म पुर्याएपछि बालाजु स्थित प्रहरी कार्यालय लैजाने भन्दै बस चढाएर त्यसतर्फ लगेका थिए ।

बालाजु बाईपास हुँदै भ्यू टावर नजिक पुर्याएपछि यौन सम्पर्क गर्न दिए छाडिदिने र नदिए जेलमा थुनिदिने भन्दै धम्क्याएर मकैबारीमा सामूहिक बलात्कार गरेको युवतीले बयान दिएकी छिन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्