सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

एमाले फुटाउने विदेशी शक्तिको षड्यन्त्र

Priminister Kp Oli

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधनका लागि संसदमा दुई तिहाइ मत पु¥याउन आफ्नो पार्टी फुटाउने गम्भीर षड्यन्त्र भइरहेको दाबी गर्नुभएको छ । ओलीले विदेशी शक्तिले त्यस्तो षड्यन्त्र गरेकाले सिंगो पार्टी एकताबद्ध र संगठित भएर प्रतिवाद गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनु भएको छ ।

कुन शक्तिले पार्टी फुटाउने षड्यन्त्रका लागी के–कस्ता योजना बनाइरहेका छन् भन्ने कुरा भने ओलीले स्पष्टसँग खुलाउनु भएको छैन । शनिबार पार्टी मुख्यालयमा बसेको स्थायी समिति बैठकमा ओलीले एमाले, राप्रपा नेपाल लगायतका अरू राष्ट्रवादी शक्तिलाई समेत जसरी पनि फुटाएर संविधान संशोधनका लागि दुई तिहाइ पु¥याउने खेल भइरहेको समेत चर्चा गर्नुभएको छ ।

ओलीको भनाई उद्धृत गर्दै बैठकमा सहभागी एक सदस्यले भन्नुभयो–‘उहाँले संविधान संशोधनका लागि एमाले लगायतका राष्ट्रवादी शक्तिलाई फुटाउने षड्यन्त्र भइरहेकाले गम्भीर बन्नुपर्ने भनाइ राख्नुभयो ।’

सरकारले प्रधानमन्त्रीको भारत भ्रमण अगावै आन्दोलनरत संघीय गठबन्धनमा आबद्ध मधेसी मोर्चाको माग पूरा गर्न संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने गृहकार्य गरिरहेका वेला प्रमुख विपक्षी पार्टीका अध्यक्षको यस्तो भनाई सार्वजनिक भएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS