प्रहरीको गोली लागेका गुण्डा पुर्वलडाकु
शुक्रबार मध्यरातमा दाङको तुलसीपुुर–१५ ग्वारखोलामा प्रहरीको गोली लागि घाइते भएका व्यक्ति माओवादीका पूर्वलडाकु भएको खुल्न आएको छ । प्रहरी नियन्त्रणमा रहेका बुढाको दाहिने खुट्टाको घुँडा मुनि गोली लागेको छ ।
गोली लागेका पुर्व लडाकु दाङको रामपुर गाविस वडा नं. ९ निवासी २७ वर्षीय दानबहादुर वुढा रहेको खुल्न आएको छ । दाङ प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहका अनुसार बुढा राज्यबाट पाँच लाख बुझेर स्वेच्छिक अवकास लिएका माओवादीका पूर्व लडाकु हुन ।
गोली लागी घाईत भएका बुढालाई प्रहरीले राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार गराएको थियो । उनको डिस्चार्ज भइसकेको छ । पुर्व लडाकु बुढा लगायतको समुहका व्यक्तिहरूले व्यापारीहरूलाई फोनमा धम्की दिएर रकम असुली गर्ने गरेको भन्ने गुनासो आएपछी दाङ प्रहरीले अपरेसन चलाएको थियो ।
प्रहरीले पक्राउ परेका ८ जनालाई सार्वजनिक अपराध सम्बन्धि मुद्दा चलाउने तयारी गरेको छ । ग्वारखोला किनारमा गुन्डा नियन्त्रणमा लिने क्रममा प्रहरीले शुक्रबार राति गोली चलाएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्