हुँदाहुँदा प्रहरी प्रतिष्ठान पनि भारतकै योजनाअनुरुप
फाईल तस्विर
प्रहरी प्रतिष्ठान निर्माणमा भारतीय परामर्सदाता नियुक्ति गर्न नेपालले स्वीकृति जनाएको छ । व्यवस्थापकीय जिम्मेवारी नपाए अनुदाननै रोक्ने भारतीय चेतावनी पछि नेपालले करिब ९ अर्ब रूपैयाँ लागतको प्रतिष्ठान निर्माणमा भारतीय परामर्सदातालाई नियुक्त गर्ने सहमति जनाएको हो ।
यस सँगै गुरू योजना निर्माण कार्य सम्पादन सम्बन्धी निरीक्षण र सुपरिवेक्षण तथा खर्च परिचालन लगायत भूमिकामा भारतको प्रत्यक्ष संलग्नता रहनेछ । नयाँ दिल्लीमा शुक्रबार सकिएको नेपाल–भारत गृह सचिव स्तरीय बैठकमा यस सम्बन्धी औपचारिक सहमति भएको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्