हिमाल चढ्ने पण्डित गाउँतिर राहत बाँड्दै
विस्व किर्तिमानी पर्वतारोही एवं लामो दुरीका धावक संजय पण्डितले प्युठानको बाढिपहिरो प्रभावित गाउँ फोप्लीमा राहत सहयोग वितरण गर्नुभएको छ । पण्डितले पहिरोले सम्पूर्ण रुपमा क्षति भएका ६० घर परिवारलाइ २० किलोका दरले १२ सय केजी चामल वितरण गर्नुभएको हो ।
राहत वितरण पण्डितकै नाममा रहेको संजय पण्डित फाउन्डेसनका तर्फबाट गरिएको थियो । राहत वितरणमा फाउन्डेसनका अध्यक्ष स्वयं सञ्जय र महासचिब सुरेन्द्र पण्डित लगायत सहभागी हुनुभएको थियो । पर्वतारोही पण्डित आफु पनि प्युठानकै बासीन्दा हुनुहुन्छ ।
आफुलाई संसारभर चिनाउन प्युठानको मुख्य भुमिका रहेको भन्दै पण्डितले बाढीपहिरो पिडित प्युठानीको पिडामा केहि भएपनि राहत दिन सकेकोमा आफुलाई खुसि लागेको बताउनु भएको छ । पर्वतारोही पण्डितले भुकुम्प पिडित जस्तै बाढी पिडितलाई पनि बिशेष प्राथमिकता दिएर सहयोग गर्न सरोकारवाला सबैसँग आग्रह गर्नुभएको छ ।
बाढी पहिरो पिडितहरुको सबै घरखेत नै सखाप भएकोले सरकारलाई बिशेष योजना लागु गरी छिट्टै प्रभावितको पुर्नस्थापनाको व्यवस्था गर्न माग गर्नुभएको छ । पण्डित प्युठानबाट सगरमाथा लगायत विस्वका बिभिन्न चर्चित हिमाल आरोहण गर्ने पहिलो व्यक्ति हुनुहुन्छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्