सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दिल्लीबाट आएको विमान दुर्घटनाबाट बच्यो

9n-akx-nepal-airlines-airbus-a320-233wl_planespottersnet_631857

फाईल तस्विर

दिल्लीबाट आएको नेपाल वायुसेवा निगमको जहाज त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थालमा अवतरण गर्ने क्रममा दुर्घटना हुनबाट बचेको छ । विमान अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर फसेको (टायर पडकेको) हो । विमानमा सवार यात्रु र चालक दलका सदस्यहरु भने सुरक्षित छन् ।

विमान अवतरण गरेर पहिलो नम्बरमा रहेको अल्फा ट्याक्सी–वेबाट पार्किङ–वेमा आउँदै गरेको बेला जहाजको पछाडिको बायाँ तर्फको एउटा पाङग्रा काम नलाग्ने गरी फुटेको छ । पाङग्रा फुटेपछी (ब्रस्ट) एयरवस धावन मार्गमै रोकिएको छ ।

जहाज गुड्न नमिल्ने गरी निगमको एयरबस धावनमार्गमै रोकिएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमानको आवागमन बन्द गरिएको छ । विमानस्थल एयर कन्ट्रोलले दिएको जानकारी अनुसार करिब १२ बजेर ५० मिनेट आसपास देखि विमानस्थल बन्द गरिएको छ ।

अहिले जहाजलाई तानेर पार्किङ–वेमा ल्याउने प्रयास भईरहेको छ । सबै यात्रुलाई ट्याक्सी–वे बाट टर्मिनलतर्फ ल्याईएको छ । एक सय ५८ सिट क्षमताको ए–३२० (लुम्बिनि) नामक जहाज क्याप्टेन विजय लामाले उडाएर ल्याउनु भएको थियो ।

प्रधानमन्त्रीको भारत भ्रमणको पुर्व तयारी गरेर फर्किएको परराष्ट्र मन्त्रि प्रकाशशरण महतको टोली पनि यसै विमानमा सवार थियो । एक सय ५० सिट क्षमताको विमानका सबै सिटमा यात्रु रहेको विमानस्थल स्रोतले बताएको छ ।

यो विमान वायुसेवा निगमले ०७२ साल बैसाख १८ गते जर्मनबाट ल्याएको दोस्रो एयरबस हो । यसअघि आइतबार मात्रै नयाँ दिल्लीमा निगमको अर्को एयरबस ए–३२० (सगरमाथा)को पनि टायर पड्किएको थियो । उक्त विमान अँझै नयाँ दिल्लीमै थन्किएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्