दुई भारतीय प्रहरी स्थानीयको नियन्त्रणमा
फाईल तस्विर
कञ्चनपुरको बेलौरीमा एक स्थानीयको घरमा प्रवेश गर्न खोज्ने दुई भारतीय प्रहरीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । हतियारसहित एक स्थानीयको घरमा छापा मार्न आएका भारतीय प्रहरीहरुमध्ये दुईजनालाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हुन् ।
बेलौरी नगरपालिका १४ का स्थानीय झुपबहादुर शाहीको घरमा खानतलासी गर्न भन्दै आएका १४ जना भारतीय प्रहरीको जत्था स्थानीयको प्रतिकारपछि भागेका छन् ।
भारतीय प्रहरीमध्ये १२ जना भागे पनि दुई जनालाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए । स्थानीय भोडा चौकीले ती भारतीय प्रहरीलाई कञ्चनपुर जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्