सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

वेलायती गोर्खा सैनिकको विपक्षमा फैसला

british-gurkha-army

मानवअधिकार सम्बन्धी मुद्धा हेर्ने युरोपेली अदालतले बेलायती सेनाबाट सेवा निवृत्त भूतपूर्व गोर्खा सैनिकलाई पेन्सनका मामिलामा बेलायत सरकारले भेदभाव नगरेको फैसला गरेको छ ।

फ्रान्सको स्ट्रयजबर्गमा रहेको युरोपेली अदालतले बिहीबार बेलायती सेनाबाट सेवा निवृत्त भूतपूर्व गोर्खा सैनिकलाई समान पेन्सनको दाबी सहित परेको मुद्धा खारेज गरिदिएको हो ।

अदालतले युरोपेली मानवअधिकार सम्बन्धी महासन्धिको धारा १४ र धारा १ अनुरुप भूतपूर्व बेलायती गोर्खा सैनिकलाई भेदभाव गरिएको भन्ने कुनै आधार फेला नपरेको दाबी गरेको छ । धारा १४ मा धर्म, वर्ण, लिंग वा अन्य कुनै पनि आधारमा संघका सदस्य मुलुकले भेदभाव गर्न नपाउने उल्लेख गरिएको छ ।

करिब पाँच वर्षअघि भूतपूर्व गोर्खा सैनिकहरूको एक संगठन ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बिजिडब्लुएस) सँग सम्बद्ध तीन सय ९९ भूतपूर्व गोर्खा सैनिक, सोसाइटीका अध्यक्ष सेवानिवृत्त मेजर टिकेन्द्र देवान तथा अर्का भूतपूर्व गोर्खा सैनिक सुवर्ण अधिकारीले युरोपेली मानवअधिकार अदालतमा मुद्दा दायर गरेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS