सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पन्तमाथि महिला सुरक्षागार्ड दुव्र्यवहारको आरोप

santosh-panta

वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानकी एक महिला सुरक्षा गार्डले कलाकार सन्तोष पन्तले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छन । केटिएम सेक्युरिटी सर्भिसमा कार्यरत २४ वर्षीया महिलाले केटिएम सेक्यूरीटिका अध्यक्ष रामेश्वर साह र कलाकार पन्तले आफूमाथि यौन दुव्र्यवहार गरेको भन्दै उजूरी दिएकी हुन् ।

शुक्रबार मध्यरातमा प्रतिष्ठानको गल्र्स होस्टेल प्रवेशद्वारमा सुरक्षाका लागि उभिइरहेको बेला आफूलाई पन्तले संवेदनशील अंगमा हात लगेको र व्यक्तिगत जीवनसँग सम्बन्धित प्रश्न सोधेको आरोप उजूरीमा लगाईएको छ । ति महिलाले शनिबार इलाका प्रहरी कार्यालय धरानमा लिखित उजुरी दिएको डिएसपी ढकेन्द्र खतिवडाले पुष्टी गर्नुभएको छ ।

कलाकार पन्त केटिएम सेक्युरिटी सर्भिसका ब्राण्ड एम्बेसडर हुन् । पन्तसँगै केटीएमका अध्यक्ष रामेश्वर साह, निरीक्षक विष्णु कोइराला, हेडगार्ड राजेन्द्र तामाङ लगायत पाँच जना प्रतिष्ठानको महिला होस्टलमा पुगेका थिए । महिला होस्टेलमा राति ११ बजेपछि कसैलाई प्रवेश नदिइने भए पनि प्रमुख स्वयम आएकाले ढोका खोलिएको थियो ।

केटिएम सेक्युरिटीका अध्यक्ष साहले पनि आफूलाई श्रीमान् भए नभएको, छोराछोरी भए नभएको, केटिएममा काम गरेपछि र अगाडिको शारीरिक तौल र नाप के कति घटबड भएको भनेर सोधेको पीडित महिलाले बताएकी छिन । लगत्तै कलाकार पन्तले यौन दुव्र्यहार गरेको पीडित महिलाले बताएकी छिन ।

पन्त लगायत महिला सुरक्षागार्डमाथि यौन दुव्र्यवहार गर्ने दोषिलाई कारबाही गर्न महिला अधिकारकर्मी मञ्जु भण्डारीले माग गर्नुभएको छ । दुव्र्यबहार सम्बन्धी उजुरी माथि अनुसन्धान गरी कारबाही अगाडी बढाईने डिएसपी ढकेन्द्र खतिवडाले बताउनु भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्