आमाको अपराधमा नाबालक छोरा जेलमा
आमाले अदालतले तोकेको धरौटी रकम तिर्न नसकेपछी लमजुङ्गमा ६ बर्षिय बालक पनि जेल बस्न बाध्य भएका छन् । मानव बेचविखन तथा ओसारपसार मुद्दामा कारागार चलान गरिएकी आमा सँगै छोरा पनि जेल बस्नु परेको हो ।
नवलपरासी कावासोती घर भएकी सुकमाया मिजारलाई जिल्ला अदालत लमजुङले २० हजार तिर्न आदेश दिएको हो । लमजुङ विचौर माइती भएकी ३५ वर्षीय सुकमायाले धरौटी रकम तिर्न नसकेपछी उनका ६ वर्षीय छोरा सुजन मिजार पनि जेलमै बस्न बाध्य भएका छन् ।
लमजुङ जिल्ला अदालतले २०७३ भदौ ८ गते उनीमाथि लागेको मानव बेचविखन तथा ओसारपसार मुद्दामा २० हजार रुपैयाँ धरौटी तिर्न आदेश दिएको थियो । उक्त रकम जुटाउन नसकेपछि उनी छोरासहित जेल परेकी हुन् ।
बालबालिकालाइृे जेलमा राख्न नपाउने प्रावधान भए पनि उनलाई हेरचाह गर्ने अरु अभिभावक नभएपछी उनी जेलमै बस्नुपरेको हो । आमासँगै जेल बस्नुपरेपछी उनको पढाई प्रभावित भएको छ । उनको उद्धारका लागी अहिलेसम्म कसैले पनि चासो नदेखाएका पाइएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्