लोकमानको फाईल लोकसेवामा छ-सरकार
सामान्य प्रशासन मन्त्रालयले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्तसम्वन्धी फाइल आफूसँग नभई लोकसेवा आयोगमा रहेको जवाफ सर्वोच्चलाई दिएको छ । सरकारले सुरुमा पठाएको जवाफलाई गैरजिम्मेवार भन्दै सर्वोच्चले दोस्रो पटक चेतावनी सहित फाईल माग गरेपछी सरकारले यस्तो जवाफ पठाएको हो ।
अदालतको आदेश अनुसार मन्त्रालयले सोमबार दोस्रोपटक जवाफ पठाउँदै सम्पूर्ण फाइलको प्रति आफूसँग नरहेको र राय माग्न लोकसेवा आयोगमा पठाएको जानकारी गराएको हो । यसअघि तथ्यांक विवरण राख्ने कार्य व्यवस्थित नभएकाले फेला पार्न नसकेको र फेला पर्नासाथ बुझाउने जवाफ दिएको थियो ।
मन्त्रालयको जवाफ आएको र केही फाइल लोकसेवासँग रहेको पत्रमा उल्लेख भएको सर्वोच्चका प्रवक्ता नकुल सुवेदीले पुष्टि गर्नुभएको छ । सुरुमा भूकम्पमा हराएको भनिएको विवादस्पद फाइल दोस्रो आदेशपछि प्रधानमन्त्री कार्यालयले सोमबार शिलवन्दी रुपमा अदालतमा पेश गरेको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्