सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

अमेरिकी डिभि चिट्ठा खुल्यो (भर्ने तरिकासहित)

dv-lottery-2018

सदा झैँ यस बर्ष पनि सन् २०१८ को लागी अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी) को आवेदन मंगलबारदेखि खुलेको छ । नेपाली समय अनुसार मंगलबार राति ९ः४५ बजेबाट आवेदन दर्ता सुरु भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

डिभि चिट्ठा कार्तिक २२ गते राति १०ः४५ बजे बन्द हुनेछ । डि.भी. चिट्ठा भर्नका लागि कुनै पनि शुल्क तिर्नु पर्दैन । अमेरिकी दूतावासले डिभि चिट्ठा भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । डिभि चिट्ठा निशुल्क भएकाले कुनै पनि शुल्क नतिर्न समेत दुतावासले आग्रह गरेको छ ।

अमेरिकी दुतावासद्धारा जारी विज्ञप्तीमा भनिएको छ–‘डिभि भर्न सहयोग चाहिएमा परिवारका सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ सोच्नुहोला । सहयोग जसले गरेपनि आफ्नो आवेदनका लागि तपाईँ स्वयम् जिम्मेवार रहनुहुनेछ ।’

अनलाइन डिभि फारम भर्ने तरिका

सन् २०१८ को डिभि चिट्ठाका लागि आवेदकहरूले फारम भर्न पाईने मिति भित्र www.dvlottery.state.gov मा गई डिभी चिट्ठाको आवेदन फारम भर्नु पर्नेछ । फारम भर्दा आफ्ना श्रीमानश्रीमति र फारम भर्ने मितिसम्म २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण अनिवार्य भर्नुपर्नेछ ।

श्रीमानश्रीमती र सन्तानको विवरण नभरी पेश गरिएको आवेदन मान्य हुनेछैन । तपाईँले एउटा मात्र आवेदन फारम बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन फारम बुझाउने आवेदक चिट्ठाका लागि अयोग्य ठहरिनेछ । अघिल्लो वर्षको डि.भी. भर्दा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गर्न मिल्दैन ।

फोटो सम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ । पेश गरिएको फोटो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने हुनुपर्नेछ । चश्मा लगाएर खिचिएको फोटो स्वीकार्य हुनेछैन । डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ वा प्रिन्ट गरेर राख्न नबिर्सनुहोला । किनकी पछी डिभि परे नपरेको हेर्ने यही कन्फर्मेसन नम्बरबाट हो ।

तपाईलाई डिभी चिट्ठा पर्यो कि परेन भन्ने कुरा २०७४ साल बैशाख १९ गते मङ्गलबार (मे २, २०१७)का दिन थाहा हुन्छ । अर्थात २०७४ को बैशाख १९ गतेका दिन देखि तपाईले www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर टाईप गरी नतीजा हेर्न सक्नुहुनेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS