सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

‘हिन्दी’ राष्ट्रभाषा बनाउन कांग्रेस सांसदको माग

parliament-meeting

सत्तारुढ दल नेपाली कांग्रेसका सांसदले हिन्दी भाषालाई राष्ट्र भाषा बनाउन माग गरेका छन् । संसद बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद देवनारायण कलवारले हिन्दी भाषा ८० प्रतिशत जनताले बुझ्ने भन्दै राष्ट्रभाषा बनाउन माग गर्नुभएको हो ।

उहाँले प्रधानमन्त्री प्रचण्डलाई हिन्दी भाषालाई राष्ट्रभाषा कायम गर्न संविधानको शंसोधन प्रक्रिया अगाडी बढाउन माग गर्नुभएको छ । संसदमा बोल्दै सांसद कलवारले भन्नुभयो–‘सभामुख महोदय, म, ८० प्रतिशत जनताले बुझ्ने हिन्दी भाषालाई राष्ट्रभाषा बनाईयोस भनि माग गर्दछु ।’

सांसद कलवारले एक अध्ययनको दाबी गर्दै नेपालमा ५० प्रतिशत जनताले हिन्दी भाषा बोल्ने र ८० प्रतिशतले बुझ्ने भएकाले राष्ट्रभाषा हिन्दी नै हुनुपर्ने बताउनु भएको हो । यस्तो माग गर्दै गर्दा सांसद कलवार भने नेपाली भाषामै बोलिरहनुभएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS