सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अन्तत; विजय गच्छेदार सुनसरी–३ बाट विजयी

१६४ ओटा निर्वाचन क्षेत्रको मतपरिणाम आईसक्दा पनि नतिजा आउन बाँकी सुनसरी क्षेत्र नं. ३ को अन्तिम नतिजा सार्वजनिक भएको छ । निकै रोचक बनेको सुनसरी–३ मा नेपाली काङ्ग्रेसका नेता विजयकुमार गच्छदार झिनो मतअन्तरले विजयी भएका छन् ।

गच्छेदारले नेकपा एमालेकी भगवति चौधरीलाई ३२१ मतको फरकले हराउँदै विजयी बनेका हुन् । लामो समय चौधरीले गच्छदारमाथि अग्रता बनाए पनि अन्तिम समयमा आएर गच्छदारले चौधरीलाई पछि पारेका थिए ।

विजयकुमार गच्छदारले ३८ हजार ९७२ मत ल्याउँदा एमालेकी भगवती चौधरीले ३८ हजार ६५१ मत ल्याएकी छिन । केही महिना अघि मधेसी जनअधिकार फोरम लोकतान्त्रिक नामको पार्टी कांग्रेसमा विलय गराएका गच्छेदार पहिला कांग्रेसबाटै छुट्टीएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्