सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

उप–प्रधानमन्त्रीलाई हराईन एमालेकी पद्मा अर्यालले

प्रतिनिधि सभाका दुई निर्वाचन क्षेत्र र प्रदेश सभाका चार निर्वाचन क्षेत्र रहेको स्याङ्जामा बिहीबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट क्षेत्र नम्बर दुईको प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनबाट एमाले उम्मेदवार पद्मा अर्याल विजयी भएकी छिन् ।

प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार कांग्रेस नेता तथा बहालवाला उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई फराकिलो अन्तरले पराजित गर्दै एमाले उम्मेद्वार अर्याल विजयी भएकी हुन् । मन्त्री श्रेष्ठलाई अर्यालले ३७०६ मतले पछाडी पार्दै विजयी हुन सफल भएकी छन् ।

अर्यालले ३५ हजार १ सय ४२ मत प्राप्त गरेकी छिन् भने मन्त्री श्रेष्ठले ३१ हजार ४ सय ३६ मत प्राप्त गरेका छन् । पहिलो पटक ०५४ सालमा पनि पद्मा अर्याल र श्रेष्ठ चुनावी मैदानमा उत्रिएका थिए । यसपालीको चुनावमा पनि अर्याल र श्रेष्ठ प्रतिस्पर्धामा होमिएका थिए ।

०५४ को चुनावमा श्रेष्ठले अर्याललाई पराजित गरेका थिए । अर्यालले त्यसको बदला अहिले लिएकी छन् । वहालवाला उपप्रधान एवं शिक्षा मन्त्रीसँग चुनाव लड्नु उनको लागि ठूलो चुनौती थियो । त्यसका बाबजुद पनि उनी विजयी भएकी छिन ।

आफू भन्दा सानो उमेरकी छोरी सरह महिला उम्मेदवारको रुपमा खडा हुँदा जित्छे भन्ने अनुमान समेत नगरी आफू विजयी हुने सपना देखेका श्रेष्ठ भने यतिवेला छक्क परेका छन् । चुनाव हार्ने संकेत भएसँगै काठमाण्डौ पुगेका श्रेष्ठ मतगणनामा पनि सहभागी भएका थिएनन ।

स्याङ्जामा क्षेत्र नम्बर दुईको प्रदेश सभा ‘ख’ बाहेक सवैमा बाम गठबन्धन नै विजयी भएको छ । कांग्रेसको गढ मानिदै आएको स्याङ्जा यसपाली भने बामगठबन्धनले कब्जा गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्