प्रत्यक्षतर्फ कहाँ–कहाँ जित्यो कांग्रेसले ? सुचीसहित
प्रतिनिधिसभाका प्रत्यक्षतर्फ १६५ ओटै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भईसकेको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार एमालेले सबैभन्दा बढी ८० स्थानमा जित हाँसिल गरेको छ ।
त्यसपछी दोस्रो स्थानमा माओवादी केन्द्रले ३६ स्थानमा जित हात पारेको छ भने तेस्रो स्थानमा कांग्रेसले २३ स्थानमा जितेको छ । तराईमा झरेपछी मधेशवादी दल राजपाले ११ स्थानमा जितेको छ भने संघीय समाजवादी फोरमले १० स्थानमा जित हात पारेको छ ।
यस्तै राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति र स्वतन्त्र एक–एक स्थानमा विजयी भएका छन् ।
प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले जितेका स्थानहरुको सुची
- उदयपुर क्षेत्र नं. १, नारायण खड्का (३३१४२)
- नवलपरासी क्षेत्र नं. २, देवेन्द्र राज कडेल (३४१३०)
- बारा १ उमाकान्त चौधरी (२४४५०)
- सुनसरी क्षेत्र नं. ४, ज्ञानेन्द्रबहादुर कार्की (३२३४७)
- सुनसरी क्षेत्र नं. ३, विजयकुमार गच्छेदार (३८९७२)
- रुपेन्देही क्षेत्र नं. ४, प्रमोद कुमार यादव (३१७१८)
- नवलपरासी(पूर्व) १, शशांक कोइराला (३७३७३)
- सप्तरी क्षेत्र नं. ४, तेजुलाल चौधरी (२४११३)
- काठमाडौं क्षेत्र नं. १, प्रकाशमान सिंह (१०९३६)
- काठमाडौं क्षेत्र नं. १०, राजेन्द्रकुमार के.सी. (१९६४५)
- काठमाडौं क्षेत्र नं. ४,गगनकुमार थापा (२१५५८)
- काठमाडौं क्षेत्र नं. ६, भिमसेन दास प्रधान (१६७८५)
- रसुवा क्षेत्र नं. १, मोहन आचार्य (१४४५३)
- मोरङ क्षेत्र नं. २, मिनेन्द्रप्रसाद रिजाल (२८७६८)
- कपिलवस्तु क्षेत्र नं. ३, अभिषेकप्रताप शाह (१९८६६)
- रुपन्देही क्षेत्र नं. ५, भरतकुमार शाह (३३०८८)
- डडेल्धुरा क्षेत्र नं. १, शेरबहादुर देउवा (२८०४४)
- रौतहट क्षेत्र नं. २, मोहम्मद आफताब आलम (१८८३३)
- रौतहट क्षेत्र नं. ४, देवप्रसाद तिमिल्सिना (२८२२८)
- सुनसरी क्षेत्र नं. २, सिताराम मेहता (४१४९५)
- नवलपरासी पश्चिम क्षेत्र नं. २, देवेन्द्रराज कँडेल (३४१३०)
- सिरहा क्षेत्र नं. १, प्रदिप गिरि (२३९५१)
- सर्लाही क्षेत्र नं. ४, अमरेशकुमार सिंह (२९६७५)
फेसबुकबाट कमेन्ट गर्नुहोस्