राजेश हमालले दिए केपि शर्मा ओलिलाई बधाई
नेपाली फिल्मी जगतका महानायक राजेश हमालले नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई बधाइ दिएका छन् । वाम गठबन्धनले निर्वाचनमा स्पष्ट बहुमत ल्याएकोमा महानायक राजेश हमालले ओलीलाई बधाइ दिएका हुन् ।
नायक हमालले आगामी सरकारको नेतृत्व गरेर देशलाई स्थिरता, शान्ति र विकासको महायात्रामा अगाडि बढाउन ओलीलाई शुभकामना दिएका छन् । शनिबार ओली निवास बालकोट पुगेर हमालले राष्ट्रियताको अडानले आम नेपालीहरु उत्साहित भएको बताएका थिए ।
जवाफमा एमाले अध्यक्ष ओलीले देश र जनताले आफूलाई गरेको विश्वास र दिएको जिम्मेवारीबाट विमुख नहुने बताएका छन । ‘जनता र देशले मलाई जुन विश्वास र जिम्मेवारी दिएका छन् त्यसलाई म कुशलतापूर्व निर्वाह गर्नेछु’ उनले भने, ‘देश र जनताका निम्ती मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुने छैन ।’
महानायक हमालसँगको भेटमा ओलीले चलचित्रका हिरोहरुले चलचित्रमा अभिनय मात्र होइन, देश बनाउन पनि भूमिका निवार्ह गर्नुपर्ने बताएका छन । हमालले पनि देशले आफूहरुबाट गरेको अपेक्षा पुरा गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्