विरगञ्जको ग्यास उद्योग आगलागीमा २ को मृत्यु
वीरगञ्ज उपमहानगरापलिका–२४ स्थित पटेल नगरमा रहेको सुपर ग्यास उद्योगमा बिहान सवा ६ बजेतिर भीषण आगलागी भएको छ । आगलागीमा परी २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्योगभित्र कति मानिस थिए भन्ने खुलेको छैन ।
ग्यास सिलिण्डर पड्किँदा २ वटा शव उछिट्टिएर बाहिर आएको प्रत्यक्षदर्शीले बताएका छन् । पर्साको गण्डकमा रहेको सुपर ग्यास कम्पनीमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ । आगो नियन्त्रणका लागि गएको वीरगञ्ज उपमहानगरपालिकाको एउटा दमकलसमेत जलेको छ ।
दमकल जल्दा यसका कर्मचारी सविन नेपाल घाइते भएका छन् । आगलागी फैलँदै गएपछि नियन्त्रण बाहिर छ । ग्यास सिलिण्डर पड्किरहेकाले अग्नी नियन्त्रणहरुसमेत नजिक जान सकेका छैनन् ।
ग्यास राखेको ट्यांकीमा लिक हुँदा आगलागि भएको अनुमान गरिएको छ । आगो नियन्त्रणमा लिन बारा, पर्साका बारुणयन्त्र ल्याइएको छ । यस्तै आगो नियन्त्रणमा आउन नसकेपछि भारतबाट समेत बारुण यन्त्र ल्याइएको बताइएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्