सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानको नागोयामा सागर, बिष्णु र ताराको धमाका

अंग्रेजी नयाँ बर्ष २०१८ को अवसर पारेर जापानमा रहेका नेपाली संघ संस्था र समुदायले बिभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्ने लहर सुरु भएको छ । यही मेसोमा नेपाल मगर संघ जापान र परदेशि क्रस कल्चर एशोसिएसनले पनि नागोयामा गायक सागर आले मगर लगायतका कलाकारलाई आमन्त्रण गर्दै भब्य सांगितिक कार्यक्रमको आयोजना गरेका छन ।

नेपाल आईडल हुँदै आफ्नो सांगितिक पहिचान बनाएका गायक सागर आलेसँगै चर्चित नृत्यकार बिष्णु दगामी मगर र अर्की चर्चित लोकदोहोरी गायिका तारा श्रीस मगरले नागोयाबासी नेपालीहरुलाई भरपुर मनोरञ्जन दिनेछन । डिसेम्बर ३० तारिख शनिवारका दिन गायक आलेमगर, डान्सर बिष्णु दगामी र गायीका तारा श्रीससंग नागोयाबासी नेपाली रमाउन पाउनेछन ।

नेपाल आईडलबाट थुप्रै प्रसंशक बटुल्न सफल गायक सागर आलेको सांगितिक प्रस्तुति हेर्न नागोयाबासी उनका फ्यानहरु आतुर छन । उसो त डान्सर बिष्णु दगामीले पनि आफ्नो सुन्दर नृत्यले नागोयाबासी नेपालीहरुलाई राम्रैसँग उफार्नेछ । लोकदोहोरी गायीका तारा श्रीस मगरले पनि आफ्ना गितहरुमार्फत प्रशंसकहरुलाई भरपुर मनोरञ्जन दिनेछिन ।

आयोजक संस्था परदेशि क्रस कल्चर एशोसिएसनका अध्यक्ष मनोजबम मल्लका अनुसार सागर आले सांगितिक भेटघाट कार्यक्रम नागोयाको निसिकीमा दिउँसो १२ बजेबाट हुनेछ । मगर संघ जापानको पहलमा जापान आउन लागेका गायक सागर आले, डान्सर बिष्णु दगामी मगर र लोकदोहोरी गायिका तारा श्रीस मगरले जापान बसाई अबधिभर जापानको टोक्यो, नागोया, तोचिगी लगायतका शहरहरुमा आफ्नो प्रस्तुती पस्कनेछन ।

न्यु इयर र क्रिसमसको लामो बिदालाई मनोरञ्जक बनाउन जापानमा रहेका नेपाली संघ संस्था र समुदायले राजधानी टोकियो लगायत प्राय; शहरहरुमा यस्ता सांगितिक कार्यक्रमहरुको आयोजना गरेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्