सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चीनले पानी रोकेपछी भारत नैतिक संकटमा

 

brahmputra-river

भारत र पाकिस्तानबिच तनाव बढ्दै गईरहेको बेला चीनले भारत हुँदै बग्ने ब्रहृमपुत्रको एक सहायक नदीको पानी रोकिदिएको छ । तिब्बतमा निर्माणाधीन आफ्नो जलविद्युत परियोजनाका लागि चीनले भारततर्फ बग्ने सहायक नदीको पानी रोकेको हो ।

भारतले पाकिस्तान हुँदै बग्ने सिन्ध नदि सम्बन्धी वर्षौं पहिले भएको जल सम्झौतामा पुनर्विचार गर्ने भनिरहेको बेला चिनले ब्रहृमपुत्रको सहायक नदीको पानी रोक्ने खबर आएको हो । चीनले सो नदिको पानी रोक्दा भारत र बंगलादेशका लाखाँै मानिसलाई पानीकोे आपुर्तिमा समस्या आउनेछ ।

चीनबाट आउने ब्रहृमपुत्र नदी भारतको पुर्वोत्तर राज्य अरुणाञ्चल प्रदेश र आसाम हुँदै बंगलादेशसम्म गएर समुन्द्रमा विलय हुन्छ । सिन्हृवा समाचार संस्थाका अनुसार चीनले सो नदिबाट विजुली निकाल्नुका साथै सिँचाईका लागि पनि प्रयोग गर्नेछ । यसले बाढी रोक्न पनि मदत गर्ने चीनको विश्वास छ ।

सिन्हृवा समाचार संस्थाका अनुसार चीनले सन् २०१४ बाट काम सुरु गरेको यो जलविद्युत परियोजनाको २०१९ मा निर्माण सम्पन्न हुनेछ । चीनले भारत हुँदै बग्ने नदि रोक्ने भनेपछी भारतलाई पानी आपुर्तिमा समस्या आउनसक्ने चिन्ता बढेको छ भने पाकिस्तानलाई भने थोरै भएपनि राहत मिलेको छ ।

चीनको यो कदमले भारतलाई पनि पाकिस्तान हुँदै बग्ने सिन्ध नदि रोक्ने बिषयमा नैतिक संकट उत्पन्न हुनेछ । उरीमा १८ सैनिकको ज्यान जानेगरी भएको चरमपन्थी आक्रणपछि बसेको आकस्मिक बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रगत र पानी एकसाथ बग्न नसक्ने बताउँदै सिन्ध नदिको पानि रोक्ने संकेत गरेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्