सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

साउदीको भिसा शुल्कमा बृद्धि, नेपाली मारमा

saudi-arabia

आज आईतवार अक्टुवर २ देखि लागु हुनेगरी साउदी अरबले भिसा शुल्क लगायत अध्यागमन सम्वद्ध सबै शुल्कमा भारी वृद्धि गरेको छ । तेलको मूल्यमा आएको गिरावटले राजश्व प्रभावित भएपछि साउदी सरकारले भिसा शुल्क बढाएको हो ।

साउदी अरबले यसअघि २५ रियाल शुल्क लाग्ने भिजिट भिसाका लागि अब २ हजार रियाल तिर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि ६ महिनाको मल्टिपल भिसाका लागी ५ सय रियाल तिर्नुपर्नेमा अब ३ हजार रियाल तिर्नुपर्नेछ । एक वर्षका लागि ५ हजार रियाल र दुई वर्षको मल्टिपल भिसाका लागी अब ८ हजार रियाल तिर्नुपर्ने भएको छ ।

साउदी सरकारले एक्जिट एण्ड रि–इन्ट्री भिसा शूल्क पनि तोकेको छ । अरब न्युजका अनुसार दुई महिना छुट्टीमा आउनेले ‘एक्जिट एण्ड रिइन्ट्री’ भिसाका लागी २०० रियाल शूल्क तिर्नु पर्ने छ । दुई महिनाभन्दा बढी विदा बसेमा प्रत्येक महिनाको १ सय रियालका दरले अतिरिक्त शुल्क तिर्नुपर्ने छ ।

साउदी सरकारले यसअघि नै इकामा (आवासिय अनुमति पत्र)को शुल्कमा भारी बृद्धि गरेका कारण कामदार तथा रोजगारदाता कम्पनीमा अतिरिक्त भार परेको थियो । शुल्क बृद्धिको कदमसँगै अब अस्थायी रोजगार तथा आप्रवासनका लागि पनि साउदी अरब महंगो शुल्क बुझाउनुपर्ने मुलुकमा पर्ने भएको छ ।

सामुन्द्रिक बाटो हुँदै देश छोड्नेहरुसँग पनि साउदीले अब ५० रियाल इक्जीट शुल्क लिनेछ । यदी मल्टिपल भिसाको समयावधि थप्नुपरेमा प्रतिमहिना २ सय रियाल बुझाउनुपर्नेछ । भिसामा गरेको शुल्क बृद्धिसँगै छुट्टीमा आउने नेपालीहरु पनि प्रत्यक्ष मारमा पर्नेभएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्