सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

विजयकुमार गच्छेदारको सांसद पद धरापमा

नेकपा एमालेकी नेतृ भगवती चौधरीले कांग्रेस नेता विजयकुमार गच्छादारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन । मंगलवार चौधरीले सुनसरी निर्वाचन क्षेत्र नम्वर ३ मा पुनः मतगणना हुनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन ।

चौधरीलेले गच्छादारलाई विजयी गराउन मतपेटिकाको सिल तोडिएको र नक्कली मतपत्र प्रयोग भएको दाबी गर्दै रिट दायर गरेकी हुन । चौधरीको रिटमा गच्छदारका साथै निर्वाचन आयोग केन्द्रीय कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरी र निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत टीकाभूषण घिमिरेलाई विपक्षी बनाइएको छ ।

एमाले उम्मेदवार भगवती चौधरी गत मंसिर २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा बिजयकुमार गच्छादारसँग झिनो मत अन्तरले पराजित भएकी थिईन । देशैभरको निर्वाचनको मतपरिणाम आईसकेपछी अन्तिममा परिणाम सार्वजनिक भएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्