सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कानुनी अप्ठ्यारो परे गोविन्द केसीलाई सोध्नु; ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकक उड्नु अघि निर्वाचन आयोग र डा. गोविन्द केसी दुबै प्रति व्यंग्य गरेका छन् । उपचारका लागि बैंकक जानु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओलीले सरकार गठनको प्रक्रियामा विलम्ब गरिएको भन्दै असन्तुष्टि जनाएका छन ।

निर्वाचन आयोग ब्ल्याकमेलिङको शिकार भएको सुनिएको भन्दै उनले भने, ‘कति साँचो हो उहाँहरुले जान्नुहोला । यदि कानुनी कुरामा अप्ठ्यारो लाग्यो भने गोविन्द केसीजीसँग सोध्नु भए पनि हुन्छ । गोविन्द केसीजीले धेरै कुरा फटाफट भनिराख्नु भएको छ । के के भने त्यो अदालतले पनि बुझ्ला, जान्ला ।’

पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफू बैंककबाट फर्किए लगतै पार्टी एकताले गति लिने बताएका छन् । स्वास्थ्यमा कुनै समस्या नभएको तर, किड्नी ट्रान्सप्लान्ट गरेका कारण चिकित्सकहरुको सल्लाह अनुसार नियमित स्वास्थ्य परिक्षणका लागी बैंकक जान लागेको ओलीले बताएका छन ।

बैंकक उड्नु अघि विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले एमाले र माओवादीको पार्टी एकता भाँड्न कतिपय प्रतिक्रियावादी भूमिका उद्दत भएको बताएका छन ।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको पछिल्लो अभिव्यक्तितर्फ संकेत गर्दै ओलीले ‘खुराफती विद्यामा पीएचडी गरेका डाक्टरहरु’ नै एकता भाड्न लागेको बताएका छन ।

उनले अघि भने, ‘खुराफाती विषयमै पीएचडी गरेकाहरुलाई म भनिदिन चाहन्छु, यिनका बुद्धिले यसपटक घाम ताप्छ । यो हिउँदमा घाम ताप्छ, पार्टी एकता हुन्छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्