सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

माओवादीका मन्त्रीहरुको आज सामुहिक राजीनामा

नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीले आज सामूहिक राजीनामा दिदैछन् । विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले गिरिराजमणि पोख्रेलको नेतृत्वमा राजीनामा बुझाउने तयारी गरिरहेको विनाविभागीय मन्त्री जर्नादन शर्माले बताएका छन ।

नेता कृष्णबहादुर महरा राजधानी बाहिर रहेकाले मन्त्री पोख्रेलको नेतृत्वमा सम्भवत आजै साँझ राजीनामा बुझाउने तयारी भएको उनले जानकारी दिएका हुन । गत जेठमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्माण भएको सरकारमा नेता महराको नेतृत्वमा माओवादी मन्त्रीहरु सहभागी भएका थिए ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई विना विभागीय मन्त्रीको जिम्मेवारी दिएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्